पौडी खेल्न नजान्दा अमेरिकामा नेपाली युवकको मृत्यु

बोस्टन, असार १९ । । तालमा डुबेर अमेरिकामा एक नेपाली युवकको ज्यान गएको छ । अमेरिकाको म्यासच्युसेट्स राज्य, मेडफोर्डस्थित अपर मिस्टिक तालमा डुबेर अपूर्व देवकोटाको ज्यान गएको हो । १७ वर्षीय देवकोटा दुई साथीसँग सोमबार (जुलाई १) साँझ करिब ८ बजे उक्त तालमा पुगेका थिए । सन् २०१६ मा अमेरिका आएका देवकोटाको शव झन्डै दुई घन्टा प्रहरीको अथक प्रयासपछि निकालिएको थियो। उनका निकटस्थका अनुसार उनी पौडी खेल्न जान्दैनथे।

यसअघि टेक्ससको फ्लुगरभिल तालमा कायाक चलाउँदा डुबेर २३ वर्षीया पूजा थापाको मृत्यु भएको थियो। एक्कासी आएको आँधीमा उनी कायाकसहित बेपत्ता भएकी थिइन्। साँझैमा प्रहरीले खोज्न थाले पनि मौसम प्रतिकूल भएकाले रोकेको थियो। सन् १९९६ जनवरी २४ मा जन्मेकी थापा अमेरिका आएको केही हप्ता मात्र बितेको थियो। उनको शव जून १२ मा मात्र फेला परेको थियो।

कमेन्ट गर्नुहोस्