प्रहरीकाे नियन्त्रणमा रहेका मोटरसाइकल लिन आउँदैनन् धनी

राजविराज, असार १९ । विभिन्न घटना दुर्घटनाका कारण प्रहरी नियन्त्रणमा रहेको मोटरसाइकल वर्षौदेखि धनीले लिन नआउँदा थन्किएर अलपत्र परेका छन् । पूर्व पश्चिम लोकराजमार्गको कडरबोना स्थित इलाका प्रहरी कार्यालयमा चारवर्ष भन्दा बढी अवधीसम्मका यस्ता मोटरसाइकल थन्किएका छन् । राजमार्गमा मोटरसाइकल कुदाइरहेको बेला ब्लुबुक, चालक अनुमति पत्र (लाइसेन्स) नहुने, क्षमता भन्दा बढी सवारी चढाउने, ठक्कर दिने, दुर्घटनामा क्षतिपूर्ती तिर्न नसक्ने, दुई पक्षबीच सहमति नहुदाँ नियन्त्रणमा लिएका मोटरसाइकल थन्किएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी इन्चार्ज प्रहरी निरीक्षक सुरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

छडके जाँचका क्रममा ब्लुबुक, लाइसेन्स नहुनेको मोटरसाइकल नियन्त्रणमा लिएर ब्लुबुक, लाइसेन्स लिएर आउने भनेर गएको मोटरसाइकलहरु मात्र आधा दर्जन भन्दा बढी छन, उनले भने, यस्ता मोटरसाकल तीनरचार वर्षदेखि थन्किएर बसेका छन् । यी मोटरसाइकल चोरी वा आफ्नै हो भन्ने छानविन नगरिएको भन्दै उनले चोरीको हुन सकिने आशंका व्यक्त गरे ।

साइकल सवार, पैदल यात्रु तथा दुई मोटरसाइकलबीच ठक्कर दिँदा अगंभग भएकालाई क्षतिपूर्ती तिर्न नसक्दा अथवा दुबै पक्षबीच सहमति नजुट्दा नियन्त्रणमा रहेको मोटरसाकलहरु वर्षौ भइसकेको भन्दै प्रहरी निरीक्षक श्रेष्ठले यसरी थन्किएको मोटरसाइल धेरै ठाउँ ओगटेको छ भने मोटरसाइकलमा खिया लागेर काम नलाग्ने अवस्थामा पुग्न लागेको बताए । तीनदेखि पाँचवर्ष भन्दाबढी समयदेखि थन्किएका मोटरसाइकललाई आवश्यक प्रक्रिया पुर्याएर लिलाम गरी बेच्न सकिने प्रावधान रहेको छ, तर यस्तो प्रक्रिया अगाडी नबढाउन नसकिएको उनले बताए ।

दुर्घटनामा मृत्यु भएको अवस्थामा मात्र मुद्दा चलाइने भन्दै उहाँले अन्य अवस्थामा दुबै पक्षबीच सहमति कायम गराएर, क्षतिपूर्ती, औषधि उपचार खर्च तिरेपछि मोटरसाकल छोडने गरेको बताए । ठूलो दुर्घटनाबहेकका नियन्त्रणमा रहेको धेरै मोटरसाइकलको धनी, चालक लगायतको पूरा विवरण इलाका प्रहरी कार्यालयको अभिलेखमा भेटिएको छैन । यो समाचार गोरखापत्र दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्