Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

आइएमई लाइफ इन्स्योरेन्स र आईसिएफसि फाइनान्सबीच सम्झौता

काठमाडौं, असार १९ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र आईसिएफसि फाइनान्स लिमिटेड काठमाडौँबीच बैंक इस्योरेन्स सम्झौता भएको छ ।

उक्त बैंक इस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट सहायक महाप्रवन्धक आशिषसिंह र आईसिएफसि फाइनान्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तले हस्ताक्षर गरेका छन् ।

सो बैंक इस्योरेन्स सम्झौतापश्चात् सर्वसाधारण तथा बैंकका ग्राहकहरुले आईसिएफसी फाइनान्स लिमिटेडको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा गराउनका साथै जीवनबीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्नुहुने छ ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ७५ शाखाहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको छ भने विभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ । कम्पनीले सरल सावधिक, बालशिक्षा, आजिवन, नगद फिर्ता, साढे तीन गुणा रक्षावरण, नगदफिर्ता तथा आजिवन लगायतका बीमा योजनाहरू ल्याएको छ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मुख्य उद्देश्य न्यून भन्दा न्यून आय भएका शहरी तथा ग्रामिण भेगकाव्यक्तिहरुको समेत जीवनबीमामा पहुँच पुर्याइ नेपालमा जीवनबीमा बिस्तार गर्नु रहेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: