‘नेपालमा सांस्कृतिक पहिचानका लागि आन्दोलन’

नेपालले हालका वर्षसम्ममा विभिन्न राष्ट्रहरुबाट आर्थिक सहयोग पाइरहेको सबैलाई जानकार छ । नेपाल आफैंमा गरिबीको रेखामुनि परेका कारण अरुमा निर्भर पर्दै आइरहनुपर्ने अवस्था छ ।

यसले गर्दा अन्तरराष्ट्रिय क्षेत्रको ध्यान नेपालतर्फ लाग्नु स्वभाविक नै मानिन्छ । तर, पनि नेपाललाई सोचेजस्तो फाइदा पुग्न सकिरहेको छैन । जति नै सहयोग गरे तापनि राष्ट्र कमजोर नै भइरहेको छ ।

अन्य छिमेकी देशले आर्थिक, भौतिक सहयोगको जिम्मा लिए सरह नै सहयोग गर्दै आइरहेका छन्, तर सहयोगको बदला उनीहरुले धेरै नै फाइदा उठाइरहेका छन् । हामी झन–झन गरिबीको दलदलमा फसिरहेका छौं । हाम्रा सीप, क्षमता, दक्षता, आत्मविश्वाश, इमान्दारीलाई अरु देशमा बेचिरहेका छौ । अर्काको गुलाम भई लगाममा बाँधिएका छौँ।

अर्को देशको भाषा, सस्कार, रहनसहन, रीतिरिवाज, परम्परालाई अनुसरण गर्दै आइरहेका छौं । हाम्रो देशमा अरु देशले जरा गाँडेका छन् त्यहीलाई सर्वेहारा भनि आत्मसाथ गर्दैछौँ ।

म नजिकै साथीको पसलमा बसेको थिए, केही दिनअगाडि मात्र मेरो साथी सन्तोष पाठक अष्ट्रेलियादेखि आएको थियो । हामीबीच धेरै लामो भलाकुसारी पनि भयो सोही क्रममा एकजना इन्डिएन आयो र भन्यो– ‘ए भाई इधर कवाडी सामान, बोत्तल मिलता है’ । मेरो साथी बोल्यो–‘नहि भाई मे अभी बाहर से आ रहा हु इधर नही मिलता’ अनि ऊ गयो मैले तत्काल साथीलाई गाली गरे र भने– ‘के हो तिमी आफनो देशमा आएर पनि हिन्दी बोल्छौ, आफनै भाषा नेपाली बोलन भनेर सम्झाए’ हो हामी आफनै देशमा विदेशी छौ अरु देशको भाषा, सस्कार मान्छौ ।

अरुले हामीलाई यस्तो भाषा सिकाएका छन् जसलाई हामी बिर्सन सक्दैनौ उनीहरुकै जय जयकार गर्न पनि पछि पर्दैनौ हाम्रो क्षमता, सामथ्र्य सीपलाई नै बन्धनमा राखेका छन् । यसका कारण विदेशी हस्तक्षेप नेपालमा बढ्दो छ जो भविष्यका लागी भयंकर खतरा र डरलाग्दो बनेको छ । त्यो सामान्य इन्डिएनले पनि हामीलाई चुनौती दिएको छ।

ऊ नेपालमा कामको खोजीमा आएको छ तर पनि उसले जानी नजानी नेपाली बोल्न पर्नेमा आफ्नै भाषालाई नै प्रयोग गरेको छ यसरी हेर्दा हामी कहाँसम्म पछि छौ ! हामी आफनो भाषाप्रति जिम्मेवार नै छैनौ भन्ने पुष्टि हन्छ । स्वयं पंक्तिकार नै पाँच वर्ष विदेश अनुभवमा नै थाहा भइसकेको छ त्यहाँ उनीहरु आफनै भाषालाई प्राथमिकता दिन्छन् । हामी उनीहरुसँग कुरा गर्दा उनीहरुकै भाषा प्रयोग गर्नुपर्दछ जहाँ जसोतसो बोल्नै पर्दछ यदि आफुलाई नआए अंग्रेजी सामान्य बोल्नुपर्दछ र सिक्दै गएपछि उनीहरुकै भाषालाई प्राथमिकता दिनुपर्दछ किनकि हामी उनीहरुकै देशमा कामको खोजीमा, उच्च शिक्षा हासिल गर्न जानुपर्ने बाध्यता छ । उनीहरु आफनै भाषा, सस्कारलाई सर्वमान्य ठान्छन् तर हामी यहाँ आफनो भाषा, सस्कार, रीतिरिवाजलाई नै भने लात मार्छौ यो कहाँसम्मको राष्ट्रियता हो। आफनै देशमा विदेशी भाषा, संस्कारको प्रयोग गर्नुपर्ने धत् नेपाली हुनुको बिडम्वना ।

नेपालको शिक्षा, स्वास्थ्य क्षेत्र कमजोर भयो भनेर पनि राम्रो शिक्षा दिक्षा, स्वास्थ्यको लागि विदेशीहरु भोलेन्टियरको रुपमा आएका अतिनै छन् । सामाजिक सेवाको लागि आएका विदेशीहरु पनि आफनै भाषा बोल्छन् तर हामी विदेशी देखेपछि जानी नजानी उनीहरुकै भाषामा कुरा गर्दछौं, उनीहरुकै अघि पछि दौडिन्छौ ताकी हामीलाई केही फाइदा होस् तर उसले हामीलाई अत्यन्त साँघुरो दृष्टीले हेर्दछ, नीच सम्झन्छ तै पनि उसको पछि लाग्न छाड्दैनौ ।

विदेशीले बाल सहयोग गर्छ भनी बालबालिकालाई नै शोषण, हिंसा गर्नपछि पर्दैन तर पनि उसको गुनगान गर्न छाड्दैनौ ।छिमेकीको छोरोले पनि खुबै हिन्दी फिल्म, सिरीयल, कोरियन ड्रामा, एनिमेसन हेर्छ उसलाई विदेशी मनपर्छ र भन्छ– ‘नेपाली सिनेमा, संगीत नुन नहालेको तरकारी जस्तो हन्छ, फेशन नै मनपर्दैन, धुन ताल नै हुदैन् ।’ आजकालका युवायुवतीले विदेशी नै मन पार्दछन्, विदेशी फेशनको सिको गर्दछन् । हाम्रो मौलिक संस्कृतिमा पनि पाश्चात्य नित्यको गन्ध छ ।

चाहे विवाह, ब्रतबन्ध होस् या देउसी भैलोमा उतैको सस्कृति अपनाउँछौ । हाम्रो जातीय पहिचान झल्काउने लुगाफाटा, जातीय गीत, संगीत, नाच नाच्दैनौ, मन पार्दैनौ अरुको अनुसरण गर्दछौ । यसले गर्दा हाम्रो भाषा, सँस्कृति दिनदिनै लोप भइराखेको छ । हाम्रा सन्ततिले पछि गुनगुनाउने छन्, पहिले हाम्रा पुर्खाहरुको यस्तो भाषा थियो, संगीत थियो भनेर इतिहासमा मात्र सिमीत हुने अवस्था छ ।

त्यसैले आफनो संस्कृतिको जगेर्ना गर्नुपर्दछ, जातीय पहिचानको खोजी र अधिकारको लागि लड्नुपर्दछ यसका लागि आन्दोलनको खाँचो छ । हाम्रो घरको हरेक टिभी च्यानलमा विदेशीले प्रभुत्व जमाएको छ, सबैले अन्य भाषाको संगीतलाई आत्मसाथ गर्दछौ ।

बुद्ध भारतमा जन्मेका भनेर ठुलै तहल्का मच्चाए भारतीय च्यानलहरु बिज्ञापनका कारण केही दिन बन्द पनि भयो र पुनःसञ्चालनमा आयो । तर, यसको लागि राजनीतिक दलले कुनै ठोस कदम उठाउन पनि सकेनन् यतिकै सकियो । तर हामीलाई त्यही च्यानल नभई पनि भएको छैन किनकी हाम्रा घरका गृहिणीलाई त्यही च्यानलका ‘उतरन, साथीया, हिटलर दिदी, पर्नविवाह, विगबोस’ जस्ता कार्यक्रम हेर्नुपर्ने अवस्था छ । काम गर्ने समय छैन, खाना पकाउने समय छैन त्यही पनि टिभी हेर्न पछि पर्दैनौ यो सब देन इन्डियाको हो तर हाम्रो नेपाली च्यानललाई मन पराउँदैनौ ।

नेपालीलाई अर्काको सिको गर्ने बानी परेको छ, आफ्नोमा लाज लाग्छ तर उनीहरु आफनो अरुले सिको गरेकोमा गर्व गर्दछन् । नेपालीलाई अरु देशकाले मोहनी नै लगाएछन की क्या हो, जे पनि अर्काकै मनपर्ने ।

नेपालीको कपाल काट्ने दोकानमा कोही जान मान्दैनन्, दोकान नचलेर विदेशतिर लाए तर त्यही भारतीयको बाल काट्ने हजाममा भने लाइन लगाएर काट्ने पर्दछ, पान पसलमा धेरै भारतीयहरु रोजगारको लागि यहाँ आउँछन् र हाम्रो पैसा लिएर जान्छन् । उनीहरु भन्छन् ‘नेपाली काम गर्न लाज मान्छ, खटेर काम गर्न सक्दैन । तर, हामी कामको खोजीमा दिनदिनै विदेशिएका छौँ ।

हामी आफनो ठाउँमा काम गर्न खोज्दैनौ र गर्दैनौ पनि अनि रिस गर्छौ र भन्छौ विदेशी हस्तक्षेप भयो । प्रसंग मासु काट्नेको जहा मुसलमान छन्– ‘उनीहरुले काटेको हामी खान्छौ तर हामी हिन्दूधर्म मान्नेले काटेको उनीहरु खादैनन् कहाँसम्मको विभेद ? हामी आफनै धर्ममा विश्वास गर्दैनौ अर्काको धर्म मान्दछौ विदेशबाट आएका धर्मको विश्वास गर्दछौ । विदेशीले नेपालीलाई हरेक क्षेत्रमा पछाडि पारिराखेको छ उनीहरु आफनो धर्ममा कट्टर छन् हामी आफनो धर्ममा लचिलो छौ ।

तल्लो घरका काका पनि धर्म गर्ने भनेर केही दिनमा भारततर्फ जादैछन् रे भनेर हाम्रा घरमा कुरा चल्यो । मलाई अचम्मै लाग्यो र सोधे जाने कहाँ हो ? उनले भने– चार धाम, हरिद्धार, गंगा आदी । नेपालीलाई धर्म गर्न पनि उतै जानपर्ने कहाँको नियम हो, उनीहरु यता आउँदैनन् । हाम्रै नेपालका पशुपतिनाथ, स्वयम्भू, बूढानिलकण्ठ, कुमारी, मुक्तिनाथ आदिलाई चार धाम बनाए हुदैन् लुम्बिनी आफैं लोप हुँदै छ । तर, त्यसको सिको गरि भारतमा नक्कली लुम्बिनी बनाएको छ ।

हामी आफना धार्मिक स्थललाई वास्ता नगरी विदेशीलाई उचाल्न हजारौं पैसा खर्चिन्छौ यसले उनीहरुलाई फाइदा पुगेको छ भने हामीलाई घाटा भएको छ यो हामी बुझ्दैनौ यी सबका कारण हाम्रो देश कसैको गुलाम नभएर हो कि जसले कुनै पीडाको अनुभव नगरेरै हो उनीहरु आफनो राष्ट्रिय गीत, धार्मिक सहिष्णुता प्रति निष्ठावान छन् । उनीहरुलाई अन्य देशले पीडा दिएको छ, स्वतन्त्रता खोसेको छ, अर्काको अधिनमा बस्न परेको छ, अंग्रेजहरुको क्रुरुताको अनुभव गरेका छन् तर हाम्रो देश कसैैको अधिनमा बसेको छैन, स्वतन्त्र भई रहिआएको हुँदा हामीलाई देश प्रेम, भाषाको महत्व बूझेका छैनौ । हामी आफनो पहिचान गुमाएका छौँ यसका लागि सबै एक ढिक्का भई आन्दोलन गर्नु जरुरी छ ।

कमेन्ट गर्नुहोस्