विश्वकपः वेस्ट इन्डिजद्वारा अफगानिस्तानलाई ३१२ रनको लक्ष्य

काठमाडौं, असार १९ । इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत आफनो अन्तिम खेलमा वेस्ट इन्डिजले ३१२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३११ रन बनायो ।

उसका लागि साई होपले ७७, इभन लुइस, निकोलश पूरनले ५८–५८, कप्तान जोसन होल्डरले ४५, शिमरोन हिटमायरले ३९, क्रिस गेलले ७ र कार्लोस ब्राथवेटले नट आउट १४ रन बनाए । बलिङमा अफगानिस्तानका दौलत जर्दानले २, मोहम्मद नाबी, रशिद खान, सायद शिर्जादले एक–एक विकेट लिए ।

अफगानिस्तानले अहिलेसम्म जीत हात पार्न सकेको छैन । उसले खेलेका ८ खेलमध्ये सबैमा हार ब्यहोरेको छ । अफगानिस्तान आजको खेलमा जीत हासिल गर्दै विश्वकप २०१९ लाई सुखत अन्त्य गर्ने लक्ष्यमा छ । अंकविहीन रहेको अफगानिस्तान पाएको अवसरलाई सदूपयोग गर्न नसक्दा हार ब्यहोर्दै आएको हो । वेष्ट इन्डिजले जारी विश्वकपमा पहिलो खेलमा मात्र जीत हासिल गर्न सफल भयो । उसले पाकिस्तानको खेल बाहेक अन्य टिमसँग भने पराजय भएको थियो ।

गेलको अन्तिम खेल
विश्वकपमा वेस्ट इन्डिजका चर्चित क्रिकेटर क्रिस गेलका लागि आज अन्तिम खेल हो । उनले विश्वकप सुरु हुनुअघि नै सन्यास लिने बताएका थिए ।

कमेन्ट गर्नुहोस्