Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

चेल्सीको प्रशिक्षक बने लामपार्ड

काठमाडौं, असार २० । फ्राङ्क लाम्पार्ड प्रिमियर लिग क्लब चेल्सीका नयाँ म्यानेजर नियुक्त भएका छन् । माउरिजियो सारीले क्लब छाडेपछि क्लबका पूर्व खेलाडी समेत रहेका लाम्पार्ड नयाँ म्यानेजरका रुपमा नियुक्त भएका हुन् ।

लाम्पार्ड यसअघि डर्बीको म्यानेजर रहेका थिए । डेली मेलका अनुसार चेल्सीले लाम्पार्डलाई भित्र्याउन ४० लाख पाउण्ड खर्च गर्नु परेको छ । चेल्सीमा रहँदा ६४० खेल खेलेका लाम्पार्डले २०९ गोल गर्नुका साथै १५० एसिस्ट गरेका थिए ।

यसक्रममा उनले ३ वटा प्रिमियर लिग, एउटा च्याम्पियन्स लिग, एउटा युरोपा लिग, चारवटा एफए कप र दुई लिग कपको उपाधि जितेका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: