यस्तो छ शुक्रबार बजारमा सुनको भाऊ

काठमाडौं, असार २० । साताको अन्तिम दिन अर्थात शुक्रबार पनि बजारमा सुनचाँदीको भाऊमा कुनै परिवर्तन भएको छै ।

बिहीबार प्रतितोला सुनको मूल्य ६५ हजार रुपैयाँमा कारोबार भएको थियो भने आजपनि फेरि प्रतितोला सुनको मूल्य ६५ हजार रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यस्तै, बिहीबार तेजावी सुनको मूल्य ६४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि फेरि प्रतितोला सुनको मूल्य ६४ हजार ७ सय रुपैयाँमै कारोबार भइरहेको छ ।

त्यसैगरी, बिहीबार चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको थियो भने आजपनि चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

कमेन्ट गर्नुहोस्