Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

५० लाखको पुरस्कार सहित कमेडी च्याम्पिएन

दर्शक हँसाउन अब कमेडी च्याम्पिएन

काठमाडौं, असार २० । यो वर्षको गाईजात्रा छेका पारेर आगामी भदौबाट कान्तिपुर टेलिभिजनबाट स्ट्यान्डप कमेडी (हाँस्य प्रधान) कार्यक्रम ‘कमेडी च्याम्पिएन’ प्रसारण हुने भएको छ ।

प्रतियोगितामुलक यो कमेडी रियालिटी शोलाई ‘३ प्रोडक्सन’ले निर्माण गर्न लागेको हो । कार्यक्रमका निर्देशक विशाल भण्डारीले बिहीबार काठमाडौंमा पत्रकार भेटघाट आयोजना गरी आफू अब अडिसनको तयारीमा रहेको जानकारी गराए ।

भण्डारीका अनुसार यो प्रतियोगितामा वरिष्ठ हाँस्य व्यङ्ग्य अभिनेता सन्तोष पन्त, हाँस्य अभिनेता मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र चलचित्र निर्देशक प्रदीप भट्टराई निर्णायक छन् । विदेशी हाँस्य कार्यक्रमको यो कुनै फ्रेन्चाईज नभएको पुष्टि गर्दै यसमा सहभागिता जनाउने बारे आयोजक एवम् निर्देशक भण्डारीले भने, ‘यो कार्यक्रममा भाग लिन गुगल प्ले स्टोरमा गएर कमेडी च्यम्पिएनको एप्स मोवाईलमा डाउनलोड गर्ने ।

त्यसपछि नेपालबाट सम्पादन नगरिएको ३ मिनटको स्ट्यान्डप कमेडी भिडियो र विदेशबाट ५ मिनटको सम्पादन नभएको स्ट्यान्डप कमेडी भिडियो आयोजक पक्षलाई पठाउनुपर्ने छ ।’

यिनै भिडियोलाई हेरेर निर्णायकले चयन गरेको आधारमा उत्कृष्ट भएकाहरुले विभिन्न शहरमा कमेडी च्यम्पिएनसिपको अडिसन आफुहरु सहभागी हुन पाउने छन् । अडिसनबाट चयन भएकामध्ये उत्कृष्ट २५ बाट उत्कृष्ट १५ हुँदै उत्कृष्ट ३ लाई फाईनलमा उतार्ने पनि कार्यक्रम निर्देशक, आयोजक भण्डारीले जानकारी गराए ।

उत्कृष्ट तीनबाट दर्शकको भोट र निर्णायकको निर्णयको आधारमा एक जनालाई उत्कृष्ट कमेडी च्यम्पिएन घोषणा गरिने छ । कमेडी च्याम्पियनको उपाधि बिजेताले २५ लाख रुपैयाँ बराबारको कार र २५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ ।

यो कार्यक्रममा अभिनेत्री तथा नेपाल आईडलकी सञ्चालिक रिमा विश्वकर्माले सञ्चालन गर्नेछिन् । सान थापाले लेख्ने यो कमेडी च्याम्पिएनको निर्मातामा अभिनेत्री केकी अधिकारी सहित राज घिमिरे र सृजा थपलिया रहने छन् ।

निर्माता एवम् अभिनेत्री केकी अधिकारीले कसैलाई मनहानी नहुने गरी यो नेपालको उच्चस्तरीय स्ट्यम्पड कमेडी आफूहरुले बनाउने पनि कार्यक्रममा बताईन् । वरिष्ठ हाँस्य व्यंग्य कलाकार एवम् निर्णायक सन्तोष पन्तले आफुहरुको पालामा भन्दा अहिले कमेडी सेन्स दर्शक र कलाकारमा धेरै बढेको बताए ।

अर्का निर्णायक मनोज गजुरेलले अहिलेको पुस्ताको चाहनाअनुसारको कमेडी कार्यक्रम बन्ने विश्वास सो कार्यक्रममा व्यक्त गरे । निर्णायक एवम् अभिनेत्री ऋचा शर्माले पनि नेपाली स्ट्यान्डप कमेडीमा यो पहिलो नम्बरको कार्यक्रम बन्ने बताईन् । अर्का निर्णायक प्रदीप भट्टराईले यो कार्यक्रममा धेरै राम्रा कमेडियन जन्माउने विश्वास सो कार्यक्रममा व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: