विषालु च्याउ खाँदा पाँचजना बिरामी, ३ बालबालिकाको आइसियुमा उपचार हुँदै

हेटौँडा, असार २० । मकवानपुरको मनहरी गाउँपालिका वडा नं ८ सिमपानीमा विषाक्त च्याउ खाँदा पाँचजना बिरामी भएका छन् ।

बिरामीमध्ये ३ बालबालिकालाई सघन उपचार कक्ष (आइसियु)मा राखी उपचार थालिएको छ । पिसपार्क नजिकैको बस्तीका स्थानीय कृष्णबहादुर थोक्रा, उनकी श्रीमती बिनिता थोक्रा, नं वर्षका छोरा महेश थोक्रा र साँढे २ वर्षकी छोरी मनिषा थोक्रा विषाक्त च्याउ खाँदा बिरामी परेका हुन् ।

त्यसैगरी छिमेकी ७ वर्षीय अनिता बल पनि उनीहरुसँगै च्याउ खाँदा बिरामी भएको मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए । बिहिबार साँझको खानामा च्याउको तरकारी खाएका उनीहरुलाई मनहरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा प्रारम्भिक उपचारपछि राति नै भरतपुरस्थित पुरानो मेडिकल कलेज लगी उपचार थालिएको थियो ।

बिरामीहरुमध्ये ९ वर्षीय महेश थोक्रा, ७ वर्षीया अनिता बल र साँढे २ वर्षीया मनिषा थोक्रालाई आइसियु कक्षमा राखी उपचार गरिएको अध्यक्ष उप्रेतीले बताए ।

कमेन्ट गर्नुहोस्