बाबुरामलाई छोडेर पूर्वमन्त्री धमलासहित दर्जन बढी नेता नेकपामा प्रवेश

काठमाडौं, असार २० । सङ्घीय समाजवादी फोरम नेपालसँग एकीकरण गरेका तत्कालीन नयाँ शक्ति पार्टीबाट ५० जनाभन्दा बढी नेता तथा कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

फोरम नेपालसँग एकीकरण गरेपछि असन्तुष्टि जनाउँदै आएका पूर्वमन्त्री एवं तत्कालीन नयाँ शक्ति नेपालका सचिवालय सदस्य कल्पना धमला, अर्का सचिवालय सदस्य देवेन्द्र पराजुलीलगायत नेता नेकपामा प्रवेश गरेका हुन् । धमला र पराजुली श्रीमान श्रीमती हुन् ।

धमला डा. बाबुराम भट्टराईको नेतृत्वमा बनेको सरकारमा विज्ञान तथा प्रविधि मन्त्री थिइन् । नेकपाको केन्द्रीय कार्यालयमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी उनीहरू पार्टी प्रवेश गरेका हुन् । उनीहरुलाइै पार्टि अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले स्वागत गरे । बिहीबार नै पार्टी प्रवेश गर्ने कार्यक्रम थियो तर नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अस्वस्थताका कारण कार्यक्रम स्थगित भएको थियो ।

कमेन्ट गर्नुहोस्