सिंगापुरविरुद्ध नेपाल २१७ रनले विजयी

काठमाडौं, असार २० । मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा नेपालले सिंगापुरलाई २१७ रनले पराजित गरेको छ । नेपालले दिएको ३२७ रनको विशाल लक्ष्य पछ्याउने क्रममा सिंगापुरले ३९.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो । उसका लागि हरि कुकरेजाले सर्वाधिक ३० रन बनाए ।

बलिङमा नेपालका कुशल मल्लले ४, तिलक भण्डारीले २, राशिद खान र सागर ढकालले एकएक विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३२६ रन बनायो । नेपालका लागि ओपनर रित गौतमले शतक बनाए । उनले नट आउट १३७ बलमा ११५ रन बनाए । यस्तै खडक बोहराले ९० बलमा ९०, कुसल मल्लले नट आउट २३ बलमा ५१ रनको योगदान दिए ।

यस्तै पवन सराफ ४५, कप्तान रोहित पौडेल ७ र विशालविक्रम केसी १ रनमा आउट भए । बलिङमा सिंगापुरका  राजेश कृष्णन र भिनित चितेश मेहताले समान २ विकेट हात पारे । यो जीतसँगै नेपाल समूह ए को विजेता बनेको छ । नेपालले अब आउँदो सोमबार समूह बी को उप विजेतासँग सेमिफाइनल खेल्ने छ ।

कमेन्ट गर्नुहोस्