सुनिलस्मृति–४ को नेकपा नेतृत्वमा महरा (नामसहित)

रोल्पा, असार २० । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको एकवर्ष पूरा हुँदासमेत तल्लो कमिटीमा पार्टी एकता प्रक्रियाले पूर्णता नपाइरहेको अवस्थामा रोल्पामा भने यो पार्टी कमिटी निर्माण प्रक्रियाले तीव्रता पाएको छ।

यही प्रक्रिया अन्तर्गत नै रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नं. ४ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टी कमिटी गठन भएको हो । सोही वडाका रुपलाल महराको अध्यक्षतामा २९ जना वडा कार्यसमिति सदस्य रहेको पार्टी कमिटी गठन भएको हो।

याे पनि पढ्नुस  विप्लवको जन्मथलोमा माओवादी केन्द्र विजयी, राेल्पा जिल्लाकाे कुन वडाबाट को बने विजयी (नामसहित)

असार १९ गते बिहीबार नेकपा प्रदेश नं ५ का सदस्य तथा जिल्ला कमिटी सचिव हरि घर्तीले सोही गाउँपालिकाको सुलिचौरमा आयोजित एक समारोहमा अध्यक्ष महरासहित नवगठित वडा कमिटीका सदस्यहरुलाई शपथ गराएका थिए । सोही अवसरमा उनले कमिटीका सम्पूर्ण सदस्यहरुलाई बधाई समेत दिएका थिए ।

याे पनि पढ्नुस  साउदीमा करेन्ट लागेर नेपालीको मृत्यु

कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्रीका स्वकीय सचिव पवन कुँवर, सुनिल स्मृती गाउँपालिकाका पार्टी अध्यक्ष मणिराम बुढाथोकीलगायतले बधाई तथा शुभकामना मन्तव्य समेत दिएका थिए । सो अवसरमा सो वडा कमिटीका नवनिर्वाचित अध्यक्ष महराले संगठनलाई सुदृढ गर्न र पार्टी, जनता र देशको हितमा आफूहरु निरन्तर क्रियाशील रहने प्रतिवद्धता समेत जाहेर गरेका छन् । कार्यक्रममा नेपाली कांग्रेस परित्याग गर्दै गन्जबहादुर बिष्ट लगायत नेकपामा प्रवेश गरेका थिए ।

याे पनि पढ्नुस  रोल्पाको तरकारी बुटवलसम्म

नामावलीसहित-

कमेन्ट गर्नुहोस्