विश्वकपः रनको पहाड बनाउनुपर्ने खेलमा पाकिस्तानको खराब शुरुवात

काठमाडौं, असार २० । इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत बंगलादेश विरुद्धको महत्वपूर्ण खेलमा पाकिस्तानले खराब सुरुवात गरेको छ । टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले ७.२ ओभरमा २३ रन बनाएको अवस्थामा फखर जमान (१३) लाई रनमा गुमाएको छ । उनलाई मोहम्मद सैफउद्दिनले क्याच आउट गराए ।

सेमिफाइनल पुग्ने पाकिस्तानको झिनो अंक गणितीय सम्भावना कायमै छ । आज पाकिस्तानले अप्रत्यासित फराकिलो जीत निकाल्न सके सेमिफाइनलमा प्रवेश गर्ने छ । पाकिस्तान आजको खेलमा विजयी भए ११ अंक हुने छ । तर, पाकिस्तान न्यूजिल्यान्ड भन्दा नेट रन रेटमा धेरैपछि छ । त्यसैले पाकिस्तानलाई सेमिफाइनलमा पुग्न जितले मात्र प्राप्त हुने छैन । न्यूजिल्यान्डको रन रेट ०.१७५ हुँदा पाकिस्तानको ०.७९२ छ । आज पाकिस्तानले रनको पहाड बनाउन सके झिनो आसा देखिन्छ ।

कमेन्ट गर्नुहोस्