काठमाडौं महानगरपालिकाकी उपमेयर खड्गी अस्पताल भर्ना

काठमाडौं, असार २० । काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी स्वास्थ्यमा समस्या आएपछि नर्भिक अन्तर्राष्ट्रिय अस्पताल भर्ना भएकी छिन् । सहनै नसक्नेगरी एक्कासी छाती दुखेपछि उनलाई बिहीबार साँझ नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।

अस्पतालका सूचना अधिकारी राम प्रसाद मैनालीका अनुसार हाल उपमेयर खड्कीको सीसीयूमा मुटुरोग विशेषज्ञ जेपी जैसवाललगायत स्वास्थ्यकर्मीको टिमले उपचार गरिरहेको छ ।

उपमेयर खड्गीको स्वास्थ्य अवस्थाबारे बोल्दै सूचना अधिकारी मैनालीले सामान्य भन्न नमिल्ने र खतरा मुक्त भने भइसकेको बताए । हाल उनको सीसीयूमा उपचार भइरहेको छ । स्वास्थ्य अवस्था हेरेरमात्रै भोली डिस्चार्ज गरिने अस्पतालले जनाएको छ ।

कमेन्ट गर्नुहोस्