ओठ सिलाएर सरकारको विरोध !

विश्वमा राजनीतिक विषयलाई लिएर धेरै विवाद तथा विराेधहरू हुँदै आएको छ । यसै क्रममा अफगानिस्तानी महिलाहरूले आफ्नो विरोधलाई प्रभावकारी बनाउन नयाँ शैली अपनाएका छन् ।

राजधानी काबुलस्थित राष्ट्रपति भवनमा ११ जना महिलाले विरोध जनाउँदै आएका हुन् । उनीहरूले चुनावमा भएकाे धाँधलीकाे विरोध जनाउँदै आएका हुन् । जसमा गत मंगलबारदेखि सुरू भएको विरोध कार्यक्रममा सहभागी ११ महिलामध्ये ४ जना महिलाले आफ्नो ओठ सिलाएका छन् । अफगानिस्तानमा पछिल्लो समयमा भएको संसदीय चुनावमा महिलाहरू पराजीत भएसँगै उनीहरू विराेधमा उत्रिएका हुन् ।

याे पनि पढ्नुस  अफगानिस्तानको सैनिक कारबाहीमा १७ तालिबान मारिए

विरोधमा उत्रिएका महिलाहरूले चुनाव जित्न धाँधली र पैसाको ताकत प्रयोग गरेको आरोप लगाउँदै आएका छन् । उनीहरूले आफ्नो पक्षमा परेको चुनावी नजिता बदलिदिएको आरोप अहिलेकाे सरकारमाथि लगाएका छन् । विराेधमा सहभागी एक महिलाले सञ्चार माध्यमलाई ओठ सिलाएर विरोध जनाएको जानकारी गराइन । उनले भनिन, ‘विरोध गर्न हामीले एक डाक्टरको सहयोगमा ओठ सिलाएका हौँ ।’

याे पनि पढ्नुस  सुरक्षा कारबाहीमा दसजना तालिबानको मृत्यु

विरोधमा सहभागी अर्की महिलाले भनिन, ‘हामीले विरोध गर्दै आएका छौँ, तर राष्ट्रपतिसँग हाम्रो कुरा सुनिदिने अलिकति समय पनि छैन । जबसम्म हाम्रो कुराको सुनुवाइ हुँदैन, तबसम्म हाम्रो विरोध जारी हुन्छ ।’ उनीहरूले अफगान सरकारद्वारा कमिटी गठिन गरी चुनावमा भएको धाँधलीको जाँच हुनु पर्ने माग राख्दै आएका छन् । तर, निर्वाचन आयोग र सरकारले महिलाहरूले राखेको मागबारे कुनै ध्यान दिएको छैन । एजेन्सी,नयाँ पत्रिका दैनिकबाट

कमेन्ट गर्नुहोस्