भारतको चर्को दबावपछि तरकारी र फलफूलमा विषादी परीक्षण रोकियो

काठमाडौं, असार २० । सरकारले तरकारी र फलफूलमा विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिएको छ । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनाल ‘बलदेव’ ले शुक्रबार बसेको संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा यसको जानकारी दिएका हुन्। भारतले चर्को दबाब दिएपछि वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषदले सीमामा तरकारी तथा फलफूलको विषादी जाँच्ने निर्णय फिर्ता लिएको बताइएको छ । कृषि तथा पशुपंक्षी विकासमन्त्री खनालले भारत र तेस्रो देशबाट आयात हुँदै आएको तरकारी र फलफूलको विषादी परीक्षण सरकारले फिर्ता लिएको पुष्टि गरेका छन् ।

केही दिनअघि भारतीय दूतावासले आफ्नो देशमा उत्पदित तरकारी नेपालमा छिर्न नदिएको भन्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेखेको थियो । दूतावासले लेखेको पत्रमा तरकारी आयात प्रक्रिया निर्वाध सुचारु गराउन आग्रह गरिएको थियो । नेपालले भारत र तेस्रो मुलुकबाट तरकारी, फलफूल आयात गरिरहेको छ। तरकारी र फलफूल विषादीयुक्त भएको पाइएएपछि सरकारले भन्सारमै चेकजाँच गरिरहेको थियो।

कमेन्ट गर्नुहोस्