पूँजीवादी समाजको अन्त्य नहुँदासम्म दलालले झस्काइरहन्छन्ः नेता भुसाल

मकवानपुर, असार २० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता घनश्याम भुसालले समाजवादको लक्ष्यतिर युवाको यात्रा हुनुपर्ने बताएका छन् । कैलाश गाउँपालिकाको सहयोगमा फिलिङ्गो मिडियाद्वारा आयोजित युवा क्षमता विकास कार्यशालालाई सम्बोधन गर्दै नेता भूसालले संविधानले नै समाजवादतर्फ उन्मुख हुनेगरी राज्य सञ्चालन गर्ने व्यवस्था गरिसकेको उल्लेख गर्दै समाजवादी चरित्र निर्माण गर्दै अघि बढ्नका लागि आग्रह गरे । ‘अहिले पुँजीवादले हामीलाई गाँजेको छ’, पूर्वमन्त्रीसमेत रहेका भूसालले भने, ‘जबसम्म पुँजीवादी समाजको अन्त्य गरी समाजवादको यात्रामा हामी अघि बढ्दैनौ, तबसम्म दलालहरुले समाजवादी चरित्रहरु भएका मानिसहरुलाई झस्काइरहन्छन् ।’

याे पनि पढ्नुस  नेकपाका तल्ला तहमा धमाधम एकता, १५ जिल्लामा वडा तहसम्म एकीकरण

नेपाली समाज सामन्ती युगको अन्त्य गर्दै अहिलेको अबस्थामा आएकाले अब पुँजीवादी व्यवस्थाको अन्त्य स्वाभाविक रहेको र समाजवादको बाटोमा लाग्न सकैले छेक्न नसकिने उनले दाबी गरे । ‘हामीले संविधान नै समाजवाद उन्मुख संविधान बनाएका छौँ’, नेता भूसालले भने, ‘अबको बाटो राष्ट्रिय पुँजीको रक्षा गर्ने र क्षमता अनुसारको काम गर्न सक्नेलाई काम दिने, काम गर्न नसक्नेलाई सरकारले संरक्षण गर्ने नीति अख्तियार गरेर जानुको बिकल्प छैन ।’

याे पनि पढ्नुस  नेकपा एकीकरणः पाँचथरका ८ स्थानीय तहमा नेतृत्वको टुंगो, कसलाई के जिम्मेवारी?

तालिमको समापन समारोहलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य विरोध खतिवडाले संविधानमा उल्लेख भइसकेको समाजवादको बिषयलाई गाउँगाउँमा लगेर मानिसलाई सजग बनाउनुपर्ने बताए । उनले संसदीय व्यवस्था र अभ्यासका बारेमा युवाहरुले बुझेर अघि बढ्नुपर्नेमा जोड दिए । प्रदेश सभा सांसद मुनु सिग्देलले स्थानीय तहले युवाहरुलाई अध्ययनशील बनाउने काममा ध्यान दिएकामा धन्यवाद दिइन् ।

कमेन्ट गर्नुहोस्