विश्वकप क्रिकेटः सेमिफाइनल पुग्ने पाकिस्तानको सपना अपुरो

काठमाडौं, असार २० । इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकपको अन्तिम खेलमा पाकिस्तानले दिएको ३१६ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेशले सस्तैमा पहिलो विकेट गुमाएको छ । उसले पहिलो विकेटका रुपमा ५.५ ओभरमा सौम्य सरकार (२२) लाई गुमाएको हो । उनलाई मोहम्मद आमिरले क्याच आउट गराए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३१५ रन बनायो । उसका लागि ओपनर इमामउल हकले शतक बनाए । उनले ७ चौकाको मद्दतमा १०० बलमा शतक बनाएर आउट भए । जारी विश्वकपमा इमामको यो पहिलो शतक हो । साथै उनले यो विश्वकपमा एक अर्धशतकसमेत बनाएका छन् ।

याे पनि पढ्नुस  दीपेन्द्रसिंह र सागर पुनको उत्कृष्ट प्रदर्शन: नेपालले श्रीलंकालाई दियो ३२४ रनको चुनौती

यस्तै बाबर आजम जारी विश्वकपमा शतक बनाउन ४ रनले चुके । उनले ११ चौकाको मद्दतमा ९८ बलमा ९६ रनको योगदान दिए । पाकिस्तानलाई विशाल लक्ष्यमा पुर्याउन इमाद वासिमले ४३, मोहम्मद अफिजले २७, फखर जमानले १३, हरिस सोहेलले ६, कप्तान सरफराज अहमदले नट आउट ३, मोहम्मद आमिरले ८, वाहब रियाजले २–२, सादव खानले एक रन बनाए । बलिङमा मुस्तफिजुर रहमानले ५, मोहम्मद सैफउद्दिनले ३ ३ र मेहदी हसन मिराजले एक विकेट लिए ।

याे पनि पढ्नुस  जेभियर इन्टरनेसनल कलेजको ‘ब्रान्ड एम्बास्डर’ बने सन्दीप लामिछाने

सेमिफाइनल पुग्ने पाकिस्तानको सपना समाप्त
पाकिस्तान सेमिफाइनल दौडबाट बाहिरिएको छ । ३१६ रनको लक्ष्य दिएकाले पाकिस्तान सेमिफाइनल दौडबाट बाहिरिएको हाे । उसले बंगलादेशलाई ६ रनमै अल आउट गरे मात्र सेमिफाइनल पुग्ने थियो । तर, त्यो चमत्कार देख्न पाइएन । र, सेमिफाइनल पुग्ने पाकिस्तानको सपना ध्वस्त भएको छ । पाकिस्तानले ३५० रन बनाएको भए सेमिफाइनल पुग्न बंगलादेशलाई ३८ रनभित्र अल आउट गर्नुपथ्र्यो ।

याे पनि पढ्नुस  विश्वकप सेमिफाइनलः अब न्यूजिल्याण्डले ब्याटिङ नगरे भारतले कति रनको लक्ष्य पाउला?

यदि पाकिस्तानले ४०० रन बनाएको भए सेमिफाइनल प्रवेश गर्न बंगलादेशलाई ८४ रनमै समेट्नु पर्दथ्यो । आज पाकिस्तानले चमत्कार गरेकाे भए न्यूजिल्याण्ड सेमिफाइनलमा पुग्ने थिएन । तर, पाकिस्तानले चमत्कार नगर्दा न्यूजिल्याण्डले अन्तिम ४ मा स्थान पक्का गरेकाे छ । यसअघि नै अष्ट्रेलिया, भारत र इंग्ल्याण्ड सेमिफाइनलमा पुगिसकेका छन् ।

कमेन्ट गर्नुहोस्