पाकिस्तानविरुद्ध पनि शाकिवको अर्धशतक, बने सर्बाधिक रनकर्ता

काठमाडौं, असार २० । आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत पाकिस्तान विरुद्धको अन्तिम खेलमा पनि बंगलादेशका शाकिव अल हसनले अर्धशतक बनाएका छन् । उनले ५ चौकाको मद्दतमा ६५ बलमा अर्धशतक बनाएका हुन् । जारी विश्वकपमा शाकिवको यो पाँचौ अर्धशतक हो । साथै यो विश्वकपमा उनले २ शतकसमेत बनाइसकेका छन् ।

यस्तै शाकिव यो समाचार तयार पार्दासम्म जारी विश्वकपमा सर्बाधिक रन बनाउने ब्याट्सम्यानको सूचीको शीर्ष स्थानमा उक्लिएका छन् । उनले यो विश्वकपका ९ खेलमा ६०६ रन बनाए । साथै उनले जारी विश्वकपमा ११ विकेट लिन सफल भए ।

कमेन्ट गर्नुहोस्