कञ्चनपुरमा स्कुटर दुर्घटनामा २ जनाको मृत्यु

महेन्द्रनगर, असार २१ । कञ्चनपुरको बेलौरीमा स्कुटर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । शुक्रबार साँझ बेलौरी नगरपालिका–१० भुडामा यु पी २६ एए ६५३८ नम्बरको भारतीय स्कुटर कल्भटमा ठोक्किँएर दुर्घटना हुँदा २ जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा भारतको कम्वोजनगरकी २३ वर्षीया पविन्द्रा चौधरी र पछाडि सवार सोही स्थानकी २३ वर्षकै मनिषा हमाल रहेका प्रहरीले जनाएको छ ।

बेलडाँडी प्रहरीकाअनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि भारत लैजाने क्रममा मृत्यु भएको हो । तिव्र गतिमा रहेको स्कुटर अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

कमेन्ट गर्नुहोस्