बबरमहलमा ट्याक्सीको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं, असार २१ । काठमाडौंको बबरमहलमा ट्याक्सीले स्कूटरलाई ठक्कर दिँदा स्कुटर पछाडि बसेका एक जनाको मृत्यु भएको छ । शनिबार बिहान २ बजेतिर बा २ ज ११८८ नम्बरको ट्याक्सीले बा ८३ प ४०३५ नम्बरको स्कूटरलाई ठक्कर दिँदा स्कुटर पछाडि बसेका ओखलढुंगाको सुनकोशी गाउँपालिका–८, का दीपक थापाको घटनास्थलमै मृत्यु भएको हो ।

घाइते भएका स्कूटर चालक काभ्रे पनौती–१०, का २२ वर्षीय रोहितसिंह ठकुरीको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्