धोनीको जन्मदिन मनाउन वीरगन्जमा रक्तदान

वीरगन्ज, असार २१ । भारतीय क्रिकेट टिमका पूर्व कप्तान एवं हालका महत्वपूर्ण सदस्य महेन्द्रसिंह धोनीको जन्मदिनमा रक्तदान कार्यक्रम गरिएको छ । उनको ३८औं जन्मदिनको उपलक्ष्यमा शनिबार वीरगन्जमा नेपाली युवाहरुले रक्तदान कार्यक्रम आयोजना गरेका हुन् । घण्टाघर चोकमा ‘मिस्टर धोनी फ्यान्स क्लब वीरगन्ज’ले आयोजना गरेको रक्तदान कार्यक्रममा ४ महिलासहित ६१ जनाले रगतदान गरेको ब्लड डोनर्स एशोसियसन पर्साका सचिव अविन्द सिंहले जानकारी दिए ।

याे पनि पढ्नुस  माओवादी केन्द्रको सचिवालय बैठक सकियो, यस्ता भए निर्णय

धोनीको जन्म दिनको उपलक्ष्यमा आयोजित कार्यक्रममा रगत दान गर्नेहरु सबै युवायुवती नै रहेको सचिव सिंहले बताए । ती मध्ये अधिकांशले धोनीको जन्मदिनका उपलक्ष्यमा आयोजना गरिएका कारण पहिलो पटक रगतदान गरेको बताए ।

शनिबार बिहान घण्टाघर चोकमा धोनीको जन्मदिनको उपलक्ष्यमा नेपाली युवायुवतीले रक्तदान कार्यक्रमको आयोजना गरेको खबर सामाजिक सन्जालमा देखेपछि सीमावर्ती भारतीय बजार रक्सौलबाट पनि धोनीका समर्थकहरु रगत दानका लागि घण्टाघरमा पुगेका थिए ।

याे पनि पढ्नुस  बीरगञ्जका ताजा अपडेट, कसको कति

भारतीय क्रिकेटर धोनीको जन्म दिनकै उपलक्ष्यमा आइतवार वीरगन्ज बजारमा र्याली निकालेर माइस्थान पार्कमा केक काटेर जन्मोत्सव मनाउने कार्यक्रम पनि रहेको मिस्टर धोनी फयान्स क्लब वीरगन्जका अध्यक्ष विक्की सर्राफले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्