विश्वकपः अन्तिम खेलमा अष्ट्रेलियाविरुद्ध क्विन्टनको अर्धशतक

काठमाडौं, असार २१ । इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत अष्ट्रेलियाविरुद्ध दक्षिण अफ्रिकाका क्विन्टन डि ककले शानदार अर्धशतक पूरा गरेका छन् । उनले ७ चौकाको मद्दतमा ४४ बलमा अर्धशतक पूरा गरेका हुन् । जारी विश्वकपमा डीकको यो तेस्रो अर्धशतक हो ।

आज दक्षिण अफ्रिकाले टस जितेर पहिला ब्याटिङ गरिरहेको छ । यो समाचार तयार पार्दासम्म उसले एक विकेटको क्षतिमा १६ ओभरमा ११२ रन बनाएका छ । दक्षिण अफ्रिका सेमिफाइनल दौडबाट बाहिरिसकेको छ । अष्ट्रेलिया भने यो संस्करणमा पनि अन्तिम ४ मा स्थान बनाउन सफल भइसकेको छ ।

कमेन्ट गर्नुहोस्