विश्वकप २०१९ मा रोहितले पूरा गरे पाँचौ शतक, बने सर्बाधिक रनकर्ता

काठमाडौं, असार २१ । इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत श्रीलंका विरुद्ध पनि भारतीय टिमका ओपनर रोहित शर्माले शतक बनाएका छन् । उनले १४ चौका र २ छक्काको मद्दतमा ९२ बलमा शतक बनाएका हुन् । जारी विश्वकपमा रोहितको यो पाँचौ शतक हो ।

याे पनि पढ्नुस  न्यूजिल्याण्डमा रोहित शर्माले बनाए यी ५ रेकर्ड, किन भनिन्छ उनलाई हिटम्यान ?

श्रीलंकाविरुद्ध शतक प्रहार गर्दै रोहितले श्रीलंकाका पूर्व क्रिकेटर कुमार सांगाकाराको रेकर्ड तोडेका छन्। बंलादेशविरुद्धको खेलमा रोहितले सांगाकारासँगको रेकर्डसँग बराबरी गरेका थिए। उनले दक्षिण अफ्रिकाविरुद्ध १२२ रन, पाकिस्तानविरुद्ध १४० रन, इङ्ल्याण्डविरुद्ध १०४ रन बनाएका थिए। रोहितले बंगलादेशविरुद्धको खेलमा ९२ बलमा ७ चौका र ५ छक्काका साथ १०४ रन बनाएका थिए।

याे पनि पढ्नुस  रोहित शर्माले आज बनाउन सक्छन् यस्तो रेकर्ड

उनले शनिबार श्रीलंकाविरुद्ध ९२ बलमा दुई छक्का र १४ चौकाको मद्दतमा १०२ रन बनाए । यो सँगै नयाँ रेकर्ड बनेको हो । एकै विश्वकपमा चार शतक प्रहार गर्ने रेकर्ड यसअघि श्रीलंकाका सांगाकाराको नाममा थियो। सांगाकाराले २०१५ को विश्वकपमा चार शतकको रेकर्ड बनाएका थिए। सांगाकाराले क्रिकेटबाट सन्यास लिइसकेका छन्।

याे पनि पढ्नुस  वान डे सिरिजः खाता नखोल्दै भारतले गुमायो पहिलो विकेट!

रोहित जारी विश्वकपमा सर्बाधिक रन बनाउने ब्याट्सम्यानसमेत बनाएका छन् । उनले ६४७ रनका साथ शीर्ष स्थानमा छन् ।

कमेन्ट गर्नुहोस्