अन्तिम खेलमा दक्षिण अफ्रिकाद्वारा अष्ट्रेलियालाई ३२६ रनको लक्ष्य

काठमाडौं, असार २१ । इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको आफ्नो अन्तिम खेलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई ३२६ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३२५ रन बनायो ।

उसका लागि कप्तान फाफ डुप्लेसिसले शतक बनाए । उनले २ छक्का र ७ चौकाको मद्दतमा ९४ बलमा १०० रन बनाए । यस्तै रस्सी भान डुरड्युसनले ९५, क्विन्टन डिककले ५२, एडिन मार्कमले ३४, जेपी डुमिनीले १४ रन बनाए । बलिङमा अष्ट्रेलियाका नाथन लायन, मिचेल स्टार्कले २–२, प्याट कमिन्स र जोसन फेहनड्रफले एकएक विकेट लिए ।

याे पनि पढ्नुस  अत्यधिक गर्मीमा क्रिकेट नियममा यस्ता परिवर्तन गर्न सुझाव

कमेन्ट गर्नुहोस्