विश्वकप क्रिकेटः श्रीलंकाविरुद्ध राेहित–केएलकाे शतक

काठमाडौं, असार २१ । इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत श्रीलंका विरुद्धको खेला भारतीय टिमका ओपनर केएल राहुलले शतक बनाएका छन् । उनले ९ चौका र १ छक्काको मद्दतमा १०९ बलमा शतक पूरा गरेका हुन् । विश्वकपमा राहुलको यो पहिलो शतक हो ।

एकै विश्वकपमा रोहितको पाँच शतक
श्रीलंकाविरुद्ध पनि रोहित शर्माले शतक बनाएका छन् । उनले १४ चौका र २ छक्काको मद्दतमा ९२ बलमा शतक बनाएका हुन् । जारी विश्वकपमा रोहितको यो पाँचौ शतक हो ।

श्रीलंकाविरुद्ध शतक प्रहार गर्दै रोहितले श्रीलंकाका पूर्व क्रिकेटर कुमार सांगाकाराको रेकर्ड तोडेका छन्। बंलादेशविरुद्धको खेलमा रोहितले सांगाकारासँगको रेकर्डसँग बराबरी गरेका थिए। उनले दक्षिण अफ्रिकाविरुद्ध १२२ रन, पाकिस्तानविरुद्ध १४० रन, इङ्ल्याण्डविरुद्ध १०४ रन बनाएका थिए। रोहितले बंगलादेशविरुद्धको खेलमा ९२ बलमा ७ चौका र ५ छक्काका साथ १०४ रन बनाएका थिए।

उनले शनिबार श्रीलंकाविरुद्ध ९२ बलमा दुई छक्का र १४ चौकाको मद्दतमा १०२ रन बनाए । यो सँगै नयाँ रेकर्ड बनेको हो । एकै विश्वकपमा चार शतक प्रहार गर्ने रेकर्ड यसअघि श्रीलंकाका सांगाकाराको नाममा थियो। सांगाकाराले २०१५ को विश्वकपमा चार शतकको रेकर्ड बनाएका थिए। सांगाकाराले क्रिकेटबाट सन्यास लिइसकेका छन्। रोहित जारी विश्वकपमा सर्बाधिक रन बनाउने ब्याट्सम्यानसमेत बनाएका छन् । उनले ६४७ रनका साथ शीर्ष स्थानमा छन् ।

कमेन्ट गर्नुहोस्