Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

विश्वकप क्रिकेटः श्रीलंकालाई हराउँदै भारत उक्लियो शीर्ष स्थानमा

काठमाडौं, असार २२ । इंग्ल्याण्ड र वेल्समा जारी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत श्रीलंका विरुद्धको खेलमा भारत ७ विकेटले विजयी भएको छ । शनिबार राति लीड्समा भएको खेलमा रोहित शर्मा र केएल राहुलले शानदार शतक बनाएपछि भारत ७ विकेटले विजयी भएको हो । श्रीलंकाले दिएको २६५ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा भारतले ४३.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । भारतको जीतमा रोहित र केएल राहुलले शतक बनाए । रोहितले २ छक्का र १४ चौकाको मद्दतमा ९४ बलमा १०३ रन बनाए ।

जारी विश्वकपमा उनको यो पाँचौ शतक हो । एकै विश्वकपमा पाँच शतक बनाएसँगै रोहितले कुमार सांगाकाराको कीर्तिमान तोड्न सफलसमेत भए । यस्तै केएल राहुलले वान डे करियरकै दोस्रो तथा विश्वकपमा पहिलो शतक बनाए । उनले १ छक्का र ११ चौकाको मद्दमा ११८ बलमा १११ रनको योगदान दिए । विराट कोहलीले नट आउट ३४, ऋषभ पन्तले ४ र हार्दिक पाण्ड्याले अविजित ७ रन बनाए । बलिङमा लसिथ मलिंगार इसुरु उडाना र कसुन रजिथाले एकएक विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६४ रन बनायो । उसका लागि अनुभवी ब्याट्सम्यान एन्जेलो म्याथ्यूजले शतक बनाए । उनले १० चौका र २ छक्काको मद्दतमा १२८ बलमा ११३ रन बनाए ।

जारी विश्वकपमा म्याथ्यूजको यो पहिलो शतक हो । यस्तै लाहिरु थिरिमानेले ५३, धनन्जय डी सिल्भाले नट आउट २९, अभिष्का फर्नान्डोले २०, कुसल परेराले १८, कप्तान दिमुथ करुणारत्मनले १०, कुसल मेन्डिसले ३, थिसरा परेराले २ र इसुरु उडानाले नट आउट एक रन बनाए । बलिङमा जसप्रित बुमराहले ३, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, भुवनेश्वर कुमार र कुलदीप यादवले एक–एक विकेट लिए । जीतसँगै भारत १४ अंकका साथ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । भारतले पहिलो सेमिफाइनलमा ९ जूनमा सेमिफाइनलसँग भिड्ने छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: