बाबुराम भन्छन्, ‘बरु केही दिन भोकै बस्न मिल्छ, बिष खान–ख्वाउन मिल्दैन’

काठमाडौं, असार २२ । समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुरा भट्टराईले भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण नगर्ने निर्णय सरकारले फिर्ता लिएपछि चर्को आलोचना गरेका छन् । उनले सामाजिक सञ्जाल टुइटर मार्फत सरकारको यस्तो निर्णयको चर्को आलोचना गरेका हुन् । डा. भट्टराईले टुईटरमा लेखेका छन्, ‘आयातित तरकारी,फलफूल आदिमा विषादी परीक्षण नगरिनु राष्ट्रियताको कुरा मात्र हैन गम्भीर मानवताविरूद्ध अपराध हो । कसैको दबाबमा वा तयारी नपुगेर भन्नु हास्यास्पद हो ।’

याे पनि पढ्नुस  डा. भट्टराईद्वारा निर्मलाका बुबासँग भेट, एक लाख रुपैयाँ हस्तान्तरण

अध्यक्ष भट्टराईले बरु एकदुई दिन भोकै बस्न सकिने तर बिषादी भएको तरकारी ख्वान नहुने बताएका छन् । उनले भनेका छन्, ‘बरू केही दिन भोकै बस्न मिल्छ तर बिष खान–ख्वाउन मिल्दैन । २–३ सरकारको निर्लज्जता र अपराधिक कार्यको सबैक्षेत्रबाट प्रतिरोध गरौं ।’

याे पनि पढ्नुस  ओली सरकार न हाँसको चालमा न कौवाको- डा. भट्टराई

विषादी तरकारी तथा फलफूल उपभोगले जनस्वास्थ्यमा असर पर्ने देखेर सरकारले विदेशबाट आयात हुने तरकारी तथा फलफूल क्वारेन्टाइन जेकजाँच गरेर आयात गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले १० जेठमा निर्णय गर्दै आयात हुने सबै तरकारी, फलफुलको बिषादी परिक्षण गरेर मात्र भन्सार जाँचपास गर्ने व्यवस्था गरेको थियो । सो निर्णयलाई २ असारमा रापत्रमा प्रकाशित गरी लागू गरेको थियो । सूचना प्रकाशित भएलगत्तै भारतलगायत विश्वभरिबाट आउने तरकारी तथा फलफूलको विषादी परीक्षण सुरु भएको थियो ।

कमेन्ट गर्नुहोस्