मिस एण्ड मिसेस जनजाति आदिवासी सम्पन्न, उपाधि एलिजा र मिनाका हातमा

काठमाडौं, असार २२ । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित ‘मिस एण्ड मिसेस आदिवासी जनजाती’को पहिलो संस्करणको उपाधि मिसतर्फ एलिजा गुरुङले हात पारेकी छिन, उनले भ्यूवर च्वाईस तथा बेष्ट हेयरको सवटाईटल सहित नगद ५० हजार जितिन ।

यस्तै, प्रतियोगिताको फस्र्ट रनरअपको उपाधी एवं मस्ट एक्टिभको सबटाईटल सहित अप्सरा गोलेले नगद २५ हजार तथा सेकेण्ड रनर अप प्रेमकुमारी सुनारी मगरले पव्लिक च्वाईसको सबटाईटल तथा नगद १५ हजार सहित विभिन्न आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरेका थिए ।

मिसेसतर्फकै प्रतियोगितामा मस्ट पपुलर तथा मस्ट कन्फिडेन्टको सवटाईटल विमला श्रेष्ठ, मस्ट ट्यालेन्टको उपाधि जानकी मगर, बेष्ट वाकको सबटाईटल किष्न गुरुङ, बेष्ट स्किनको सबटाईटल ईन्दिरा थापा मगर, मस्ट फ्रेण्डलीमा समिता तामाङ्ग र मस्ट फोटोजेनीक सबटाईटल लक्ष्मी चौधरीले हात पारेका थिए ।

याे पनि पढ्नुस  तीनै जिल्लामा कारागार सञ्चालनमा

यसैगरी सोही प्रतियोगीताको मिसेस तर्फको उपाधी मिना मोक्तानले हात पारिन उनले प्रतियोगितामा मस्ट टैलेन्ट तथा मस्ट पपुलरको उपाधी सहित नगद ५० हजार जितिन् भने फस्ट रनर अपमा सुशिला थापा मगरले नगद २५ हजारसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरिन् । सेकेण्ड रनर अपमा मस्ट फ्रेण्डली सहितको चेसाङ्ग लामाले नगद २० हजार तथा थर्ड रनर अप रोजिना गुरुङ्गले मस्ट कन्फिडेन्ट सहित नगद १५ हजार तथा रश्मि गुरुङ्गले फोर्थ रनर अप तथा बेष्ट स्किनको उपाधी सहित नगद १० हजार हात पार्न सफल भए ।

सोही प्रतियोगिताको मिसेसतर्फको अन्य सबटाईटलहरु अर्गनाईजर तथा पव्लिक च्वाईसमा चिनीमाया गुरुङ्ग, मस्ट एक्टिभमा नितु श्रेष्ठ, बेष्ट वाकमा पूजा गूरुङ्ग, बेष्ट हेयरमा रुवी लामा, मस्ट फोटोजेनीकमा प्रमिला प्रधानले प्राप्त गर्न सफल भएका थिए ।

याे पनि पढ्नुस  र्इदकाे रमझम

लोकप्रिय नायक सरोज खनाल प्रमुख निणार्यक रहेको प्रतियोगितामा अन्य निणार्यक मण्डलमा नेपाल आईडल बुद्ध लामा, संचारकर्मी अशोक प्यासी राई, कोरियोग्राफर केशव थापा तथा मिसेस तामाङ्ग, शान्ती वाइबा तामाङ्गले निणार्यकको भूमिका निर्वाह गरेका थिए ।

पूर्व सभामुख ओनसारी घर्तीमगरको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा लामो समयदेखि आफ्नो क्षेत्रमा अतुलनीय योगदान दिए बापत चर्चित एवं अन्तराष्ट्रिय कोरियोग्राफर रोजीन शाक्य, समाजसेवी अम्बिका अर्याल तथा गायक एवं नेपालको पहिलो नेपाल आईडल बुद्ध लामालाई सम्मान गरिएको थियो ।

एसके ईन्टरटेनमेन्टले आयोजना गरेको उक्त कार्यक्रममा गीतकार अशोक तामाङ्गको गिती संग्रह मातृभूमिको प्रमुख अतिथी पूर्व सभामुख ओनसारी घर्तिमगर, विशेष अतिथीहरु पूर्व पर्यटनमन्त्री पर्शुराम तामाङ्ग, पूर्व कानून राज्यमन्त्री दिलमान पाख्रिन, पूर्व भूमिसुधार तथा व्यवस्थामन्त्री यसोदा कुमारी, ४ नं प्रदेशका प्रदेश सांसद मनकुमारी गुरुङ्ग तथा आयोजक संस्थाकी अध्यक्ष एवं नायिका शान्ता तामाङ्गले एक साथ विमोचन गरेका थिए ।

याे पनि पढ्नुस  काठमाडौंमा ५ सयको नक्कली नोटसहित ६ जना पक्राउ

कार्यक्रममा प्रमुख अतिथ ओनसारीले प्रतियोगिताका सहभागीहरुलाई शुभकामना दिँदै यस्ता कार्यक्रमले जनजाति महिलाहरुको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरिन् । कार्यक्रमबारे जानकारी दिदै अध्यक्ष शान्ताका अनुसार विभिन्न जनजाति, भेषभुषा एवं संस्कृतिको समागम रहेको हाम्रो देशमा नेपालको जनजातिसंग सम्बन्धित संस्कृति, भेषभुषा तथा रहनसहन मध्य आदिवासी, जनजातीको कला, संस्कृति, रितिरिवाजलाई सम्बन्धित विवाहित तथा अविवाहित महिलाहरुलाई राष्ट्रिय अन्तराष्ट्रियस्तरमा समेत प्रवद्र्धन एवं सामाजिकरण गर्ने उद्देश्यले यस प्रतियोगीताको आयोजना गरिएको बताईन । कार्यक्रममा चर्चित गायक सपन श्रेष्ठ, नृत्यङ्गना रोमा न्यौपाने लगायतको आकर्षक प्रस्तुती रहेको थियो ।

चर्चित कोरियोग्राफर रोजीन शाक्यको कोरियोग्राफी रहेको प्रतियोगीताको कार्यक्रम संचालन समेत शाक्यले नै गरेका थिए ।

कमेन्ट गर्नुहोस्