सुनको मूल्य घट्यो

काठमाडौं, असार २२ । साताको पहिलो दिन आइतबार बजारमा सुनको भाऊ पाँच सय रुपैयाँले घटेको छ ।

शुक्रबार प्रतितोला सुनको मूल्य ६५ हजार रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर प्रतितोला सुनको मूल्य ६४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यस्तै, शुक्रबार तेजावी सुनको मूल्य ६४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर प्रतितोला सुनको मूल्य ६४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, आइतबार बजारमा चाँदीको मूल्य दश रुपैयाँले घटेको छ ।

चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको थियो भने आज घटेर चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्