Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

व्यापारीले आफूखुशी तरकारीको भाऊ बढाउँदा सर्वसाधारण मर्कामा

काठमाडौं,असार २२ । तराईका क्षेत्रमा रोपाई पूर्ण सुरु भइ नसकेको र पहाडी क्षेत्रमा तरकारी उत्पादनको मौसम रहेकै बखत व्यवसायीहरुले भने आफूखसी मूल्य बढाएका छन् ।

सामान्य अवस्थामा ३० देखि ४० रूपैयाँ किलोमा पाइने टमाटर, सिमी, बोडी, भेडे खुर्सानी लगायतको अहिले थोक बजारमै ५० रुपैयाँभन्दा माथि छ ।

सरकारले सीमावर्ती क्षेत्रमा विषादी परीक्षण गर्न छाडेपनि व्यवसायीहरुले भने सहज आयात नभएको बहाना पारी मूल्य बढाएका हुन् । गतवर्ष यही समयको तुलनामा यो वर्ष ३० प्रतिशतसम्मले मूल्य बढेको कालिमाटी तरकारी फलफूल थोक व्यवसायी संस्थाले जनाएको छ ।

खुद्रा बजारमा मूल्य अझै चर्को छ । सरकारी तवरबाट अनुगमन नहुँदा बर्खे तरकारी उत्पादनको मुख्य समयमा नै उपभोक्ताले चर्को मूल्यमा खरिद गर्नुपरेको हो । यसैपनि काठमाडौंमा भक्तपुर, ललितपुर, काभ्रे, धादिङ नुवाकोट, मकवानपुर, चितवन लगायत जिल्लाबाट ठूलो हिस्सा आयात हुन्छ । भारतीय तरकारीकै भर पर्नुपर्ने अवस्था छैन । तर, सरकारी नियमनको अभावमा बिचौलिया र व्यापारीले मनपरी मूल्य बढाउन पाएका छन् । कान्तिपुरदैनिकबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: