सेन्चुरी बैंकले माग्यो १६९ कर्मचारी (सूचनासहित)

काठमाडौंः सेन्चुरी कमर्सियल बैंकले १६९ जना नयाँ कर्मचारी माग गरेको छ । बैंकले आकर्षक पदमा विभिन्न शाखा कार्यालयका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको हो ।बैंकले सार्वजनिक सूचना प्रकाशित गरी कर्मचारी भर्ना गर्न लागेको जानकारी दिएको छ ।

सूचनामा उल्लेख गरिएअनुसार डेपुटी म्यानेजर, असिस्टेन्ट म्यानेजर, अफिसर, असिस्टेन्ट अफिसर र सुपरभाइजर एक–एक जना माग गरेको छ । यस्तै, सिनियर असिस्टेन्ट पदमा चारजना, म्यानेजमेन्ट ट्रेनी पदमा ३० जना, जुनियर असिस्टेन्टमा पाँच जना र ट्रेनी असिस्टेन्टमा १२५ जना नयाँ कर्मचारी माग गरिएको छ । हेर्नुस् सूचना-

याे पनि पढ्नुस  लुम्बिनी इन्स्युरेन्समा खुल्यो जागिर, सूचना सहित

कमेन्ट गर्नुहोस्