चलचित्र ‘यो माया कस्तो माया’ को ‘हुन्न है’ गीत सार्वजनिक

काठमाडौं, असार २२ । नेपाली कथानक चलचित्र ‘यो माया कस्तो माया’को ‘हुन्न है’ बोलको गीत सार्वजनिक गरिएको छ ।

शनिबार एक कार्यक्रम आयोजना गर्दै चलचित्रको गीत सार्वजनिक गरिएको हो । किशान पोखरेलको निर्देशनमा तयार चलचित्र ‘यो माया कस्तो माया’को रिलिज मिति भने तय गरिएको छैन ।

उक्त चलचित्र असोजसम्ममा रिलिज हुने बताउँदै निर्देशक पोखरेलले चलचित्र पूर्णरुपमा प्रेमकथामा आधारित रहेको पनि खुलाएका छन् । चलचित्रको सार्वजनिक गीतमा अर्जुन पोखरेलको संगीत, शिवानी मोक्तान तथा उद्धिपध्वज थापाको आवाज रहेको छ । गीत लेखन भने अम्बिका शर्माको रहेको छ ।

चलचित्रको यस गीतमा दिवस धिताल र रितु पौडेल फिचरीङ छन् । गीतमा कोरियोग्राफी भने कविराज गहतराजको रहेको छ । दिव्य सुवेदीको छायांकन रहेको छ भने सम्पादन अर्जुन जिसीले गरेका छन ।

यसअघि भुषण आनन्द ठकुरी निर्देशक रहेको स्विकार्दै ती निर्देशकले चलचित्र निर्देशक बीचैमा छोडी अलपत्र पारेको कारण सम्पूर्ण जिम्मेवारी आफूले सम्हालेर चलचित्र तयार गरेको बताएका छन् । चलचित्रका कार्यकारी निर्माता कर्ण थापा ‘किरण’ र बाबु गौतम रहेका छन् भने निर्मातामा इन्द्र रजक, समृद्धि श्रेष्ठ, विशाल गुरुङ, कमलचन्द्र पोखरेल र गोविन्द बर्देवा रहेका छन् ।

गीतको भिडियो हेर्नुहोस्

कमेन्ट गर्नुहोस्