Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

चलचित्र ‘गोर्खे’को छायाँकन सम्पन्न

काठमाडौं, असार २२ । कोजु इन्टरटेन्टमेनको व्यानरमा हरि लामाको प्रस्तुति र तीर्थराम कोजु र हरि थापाको निर्माणमा तयार भएको सिनेमा ‘गोर्खे’को सम्पूर्ण छायांकन सकिएको छ ।

बुधबार ललितपुरको चापागाउँस्थित बज्रबाराही मन्दिरको जंगलमा सिनेमाको केही सिन छायांकन गर्दै इण्ड–क्ल्याप गरिएको छ । पाल्पा, बर्दघाट, धम्पुस, पोखरा र काठमाडौं लगायत नेपालको रमणीय स्थानमा छायांकन गरिएको यस चलचित्रलाई निर्देशक शंकर महर्जनले निर्देशन गरेका हुन् ।

हिमाल केसीको द्वन्द निर्देशन रहेको यस चलचित्रले गोर्खे बन्ने सपना बोकेका ५ युवाको पात्रलाई यस चलचित्रमा देख्न पाईने बताए निर्माता हरि थापाले ।

सौरव लामा र निरज कंडेलले खिचेको यस सिनेमाको कथा भने काजी लिम्बुले लेखेका हुन् । करिब ४५ दिनमा छायांकन सकिएको यस सिनेमाको एक गीत ‘सिन्के अचार’ अहिले निकै हिट पनि छ । यस चलचित्रको गीतमा कोरियोग्राफी भने शिव विकको रहेको छ । छिन्दु पाख्रिन र हरि लम्सालको संगीत रहेको यस सिनेमामा रविन्द्र प्रताप सेन, अन्जली अधिकारी, अर्जुन गुरुङ्ग, आश्मी लामा, आश्मी श्रेष्ठ, एन्जेल श्रेष्ठ, बाल्दिप राई लगायतकाको प्रमुख अभिनय रहेको छ ।

नेपाल प्रदर्शन मिति तय नभएको यस सिनेमाको चाँडै नै अस्ट्रेलिया र अमेरिकामा शो हुने बताए निर्माता हरि लामाले । ‘हामीले नेपाल प्रदर्शन मिति तय गरेका छैनौं तर विदेशको केहि शो पश्चात भने नेपाल रिलिज मिति तय गर्ने छौं’ निर्माता हरि लामाले हामीसँग भने । मित्र डी गुरुङको सम्पादन रहेको यस सिनेमाको वितरण जिम्मा भने वितरक सुनिल मानन्धर लिएका छन।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: