‘सैनिक र प्रहरी श्रीमती संघ खारेज गर्नुपर्छ’

काठमाडौं, असार २२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद पम्फा भुसालले सैनिक श्रीमती संघ, नेपाल प्रहरी श्रीमती संघजस्ता श्रीमानको हैसियतको आधारमा निर्माण भएका संस्थाहरु खारेज गर्न माग गरेकी छन् । आइतबार संसदमा विशेष समय लिएर बोल्दै उनले मुलुकबाट सामन्तवादी शासन व्यवस्था अन्त्य भए पनि राज्यका निकायमा अझै पितृसत्तावादी संथाहरु कायमै रहनु दुखद भएको बताइन् ।

‘श्रीमानका आधारमा श्रीमतीले सुविधा लिने, परिवारका नाममा परिवारका सदस्यले सुविधा लिने व्यवस्था अन्त्य गरेर आएको भन्दै उनले हामीले अन्त्य गरेका हौं । राष्ट्रप्रमुख शासन प्रमुखसँग सम्बन्ध गाँसेवापत महाराननी हने उनका छोराछोरी युवराज युवराज्ञी हुने र नागरिकभन्दा माथि हुने व्यवस्था हामीले अन्त्य गरेका हौं’ सांसद भुसालले भनिन्, ‘अहिले पनि यो देशमा महत्वपूर्ण निकायमा त्यो परिपाटी विद्यमान छ ।’

अहिले पनि सैनिक श्रीमती संघ, नेपाल प्रहरी श्रीमती संघ, सशस्त्र प्रहरी श्रीमती संघ, निजामती कर्मचारी श्रीमती संघजस्ता संस्था क्रियाशील रहनु गणतन्त्रसँग मेल नखाने उनले बताइन् ।

कमेन्ट गर्नुहोस्