‘राजनीतिक प्रतिवेदनको काम टुंगियो’

काठमाडौं, असार २२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले पार्टीको राजनीतिक दस्तावेजको काम पूर्ण रुपमा टुंगिएको बताएका छन् । आइतबार नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठन एकता महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले आज बिहान दुई अध्यक्ष बसेर प्रतिवेदनको सम्पूर्ण काम टुंग्याएको बताएका हुन् ।

याे पनि पढ्नुस  दुर्ज कुमारले ‘हुन्छ’ भन्नुस भने, ...अनि मज्जाले हाँसे प्रचण्ड !

उनले भने, ‘आज बिहान मात्रै प्रधानमन्त्री केपी शर्मा ओली र मेरो बीचमा एक वर्षदेखि सम्पूर्ण रुपमा सहमति भएर प्रकाशनमा जान नसकेको राजनीतिक प्रतिवेदनको काम टुंग्याइएको छ र त्यो भोलि प्रकाशनमा जाँदै छ । पार्टी एकताको सन्दर्भमा त्यो एउटा ठूलो काम हामीले आज पूरा गरेका छौँ।’

याे पनि पढ्नुस  प्रचण्ड भन्छन्, ‘केही वर्षभित्र ल्हासाबाट काठमाडौंमा रेल आउँछ’

अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन छापिएर कार्यकर्ताका हातमा पुगेपछि कार्यकर्ता आफैँले आधिकारिक विचारबारे जज गर्ने बताए। पार्टीको आगामी महाधिवेशन एकताका र सहमतिका आधारमा गर्ने गरी राजनीतिक प्रतिवेदन आएको उनको भनाइ थियो।

कमेन्ट गर्नुहोस्