आयरल्याण्डविरुद्ध १९० रनमै अल आउट भयो जिम्बाबे

काठमाडौं, असार २२ । तीन खेलको एकदिवसीय क्रिकेट सिरिज अन्तर्गत तेस्रो एवं अन्तिम खेलमा जिम्बाबेले आयरल्याण्डलाई १९१ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेर ४६.५ ओभरमा सबै विकेट गुमाएर १९० रन बनायो ।

उसका लागि सेन विलियम्सले ६ चौकाको मद्दतमा १०३ बलमा सर्बाधिक ६७ रन बनाए । यस्तै रिचमोन्ड मुटुम्बामी, केली जोर्विसले २८–२८, कप्तान हमिल्टन मसकाकादाले २३, सुलेमान मिरेले १४ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङमा टम मर्टघले ३, शेन गेटकाटे, ब्वोइड र्याकिंन र मार्क एडियरले २–२ विकेट लिए । तीन खेलमो सिरिजमा आयरल्याण्ड २–० ले अगाडि छ ।

कमेन्ट गर्नुहोस्