मलेसियाविरुद्ध नेपाललाई पहिलो ओभरमै सफलता (LIVE)

काठमाडौं, असार २२ । एसीसी यू– १९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत आयोजक राष्ट्र मलेसियाविरुद्धको सेमिफाइनल खेलमा उत्कृष्ट सुरुवात गरेको छ । नेपालले पहिलो ओभरमै मलेसियाको विकेट लिन सफल भएको छ । टस जितेर बलिङ रोजेको नेपालले पहिलो ओभरको चौथो बलमै विकेट लिन सफल भएको हो । नेपालले पहिलो विकेट कमलसिंह ऐरीले दिलाएका हुन् ।

याे पनि पढ्नुस  अत्यधिक गर्मीमा क्रिकेट नियममा यस्ता परिवर्तन गर्न सुझाव

नेपाली टोली लिग चरणको खेलमा समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । लिग चरणमा समूह ‘ए’ मा रहेको नेपालले आफ्नो पहिलो खेलमा चीनलाई १० विकेटको फराकिलो अन्तरले हराएको थियो। यसैगरी समूहको दोस्रो खेलमा नेपालले सिंगापुरलाई दुई सय १७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो। उक्त खेलमा नेपालका ओपनर ब्याट्सम्यान रीत गौतमले अविजित एक सय १५ र खड्कबहादुर बोहराले ९० रन बनाएका थिए। कुशल मल्लले पनि अविजित ५१ रनको योगदान गरेका थिए।

याे पनि पढ्नुस  अत्यधिक गर्मीमा क्रिकेट नियममा यस्ता परिवर्तन गर्न सुझाव

समूह ‘ए’ बाट नेपाल विजेता र सिंगापुर उपविजेताका रूपमा सेमिफाइनलमा पुगेका थिए। सिंगापुरले भने सोमबार नै हङकङसँग दोस्रो सेमिफाइनल खेल खेल्नेछ। दोस्रो सेमिफाइनल खेल एसटीसी ओभलमा खेलिनेछ। हङकङ समूह ‘बी’ को विजेता र मलेसिया उपविजेताका रूपमा सेमिफाइनलमा पुगेका हुन्। हङकङले समूहगत चरणमा आफूले खेलेका तीनवटै खेलमा जित हात पारेको थियो। मलेसियाले भने समूहगत चरणमा तीनमध्ये दुई खेलमा जित हात पारेको थियो। प्रतियोगिताको फाइनल खेल मंगलबार खेलिनेछ।

याे पनि पढ्नुस  अत्यधिक गर्मीमा क्रिकेट नियममा यस्ता परिवर्तन गर्न सुझाव

https://www.youtube.com/watch?v=A7PuYm8OdEM

कमेन्ट गर्नुहोस्