देशलाई प्राविधिक जनशक्ति र योजनाकारहरुको खाँचो छः शेरधन राई

बाल्टिमोर, असार २३ । बाल्टिमोरमा जुलाई ५(७ सम्म संचालनमा रहेको नेपाली राष्ट्रिय सम्मेलनको उद्घाटन प्रमुख अतिथि प्रदेश नं १ का माननीय मुख्यमन्त्री शेरधन राईले गरेका थिए ।

सम्मेलनमा अमेरिकन तथा नेपाली राष्ट्रिय गान बजाईएको थियो । कार्यक्रमको झाँकी प्रदर्शनमा लाखे नाच प्रस्तुत गरिएको थियो । प्रमुख अतिथि राईले आफूलाई नेपालबाट आमन्त्रित गरी अवसर दिएकोमा आयोजकलाई धन्यवाद दिएका थिए । साथै प्रमुख अतिथि राईले सम्मेलनले महत्वपूर्ण घोषणापत्र जारी गर्ने छ र यस सम्मेलनले एकताको सन्देश दिने छ भन्दै भन्ने शुभकामना दिएका थिए ।

उनले हाम्रा पुर्खाहरुले गरेको बलिदान र त्यागको कारण नेपाल कहिले कसैको अधिनस्थ हुनुपरेन, कोहीसँग झुक्नुपरेन, कसैको उपनिवेस भएर बस्नुपरेन भने । उनले यसबेला नेपाली जनता देशका मालिक हुन् र मालिक हुन् सफल भएको बताए। सम्पूर्ण अधिकार जनताको हातमा निहित छ । यो कसैबाट प्राप्त नभई एकताको कारण प्राप्त भएको बताए ।

यो उपलब्धि आपसी विश्वास समन्यव र सहकार्यबाट भएको बताए । देशले प्राप्त गरेको नया प्रणाली तीव्रगतिमा अघि बढी रहेको बताए । हामी बिस्तारै नतिजाहरु देख्न सक्छौं । उनले अमेरिकामा आएर मेहनत र दुःख गरेर पैसा, ज्ञान सीप हासिल गरेका छन् । देशको बिकासको लागि अब यहाँहरुले प्राप्त गरेका सीप, ज्ञान, अनुभव र प्रविधिलाई नेपालमा भित्राउन खाँचो भएको बताए । अमेरिकामा थुप्रै बिद्या वारिधि र अभियन्ताहरु रहेको बताउँदै देशले अपेक्षा गरेको बताए ।

देशलाई प्राविधिक जनशक्ति र योजनाकारहरुको खाँचो छ । अब यहाँहरुको अगुवाईमा त्यो खाँचोलाई पूर्ति गर्नुपर्छ । उनले अगाडी भने, यहाँहरु यसको नेतृत्व गरिदिनोस हामी स्वागत गर्न चाहन्छौं । उनले नेपालले ब्रेन गेन सेन्टर स्थापना गरेको छ । हामी अङ्किय डेस्क तयार गरेको बताए । हामी अनलाइन र (विद्युतीय शिक्षा ०र व्याबहारिक शिक्षाको सुरुवात गर्न चाहेको र ईक्वालिटी फाउन्डेसनसँग सहकार्य गर्न लागेको बताए । त्यसको सुरुवात प्रदेश न १ बाट गर्ने प्रतिबद्धता जाहेर गरे ।

उक्त सम्मेलनमा सम्मेलन सभापति विजय श्रेष्ठ ,राजदुत डा अर्जुन कुमार कार्की, एएनएका अध्यक्ष मेदिनी अधिकारी ,बानाका अध्यक्ष सुबोध पन्त, अनेसासका केन्द्रिय अध्यक्ष राधेश्याम लेकाली, महावाणिज्य दूत प्रेमराजा महत, नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दिपक गिरी, नेपाल कम्युनिष्ट पार्टीका नेता ठाकुर गैरे लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा राईनास नगरपालिकाका नगर प्रमुख सिंहबहादुर थापा, नेपाली कांग्रेस महिला संघकी केन्द्रिय सदस्य भद्रा भण्डारी, नागार्जुन नगरपालिकाका नगर प्रमुख मोहन बस्नेतलगायत विभिन्न विशिष्ट व्यक्तिहरु स्विटजरल्याण्ड, क्यानाडा, अमेरिकाका विभिन्न राज्यहबाट आएकाहरुको सहभागिता रहेको थियो ।

प्रथम बालबालिका प्रतिभा प्रतियोगिताको बिजेताको घोषणा समेत गरिएको छ । कार्यक्रम संचालन नेपाली राष्ट्रिय सम्मेलनका महासचिव तथा नेपाली राष्ट्रिय सम्मेलनका कार्यक्रम निर्देशक दिवाकर दाहालले गरेका थिए ।

कमेन्ट गर्नुहोस्