पञ्चदेवल विनायक नगरपालिकाका महिलालाई घरेलु सेनिटरी प्याड उत्पादन तालिम

अछाम, असार २३ । अछामको पञ्चदेवल विनायक नगरपालिकाका महिलाहरुलाई सेनिटरी प्याड उत्पादन तालिम सुरु भएको छ । पुनः प्रयोग गर्न मिल्ले गरी प्याड उत्पादन गर्ने तीनदिने तालिम आइतबारदेखि सुरु भएको हो ।

छाउपडी प्रथाबाट प्रभावित नगरका महिलाहरुलाई ९ वटा समूह बनाएर तामिल दिन लागिएको छ । यो तालिमले महिलाहरुलाई महिनावारी हुँदा सुरक्षित बनाउको साथै उद्दमशीलता समेत बनाउने छ । नगरपालिकाको आर्थिक सहयोग र संवाद डबलीको समन्वयमा सुरु भएको तालिममा महिलाहरुको उत्साहजनक सहभागीता रहेको छ । नगरपालिकाका ९ वटै वडामा एउटा–एउटा समूह बनाइएको छ । पत्येक समूहमा तीन–तीन जना महिला हुने संवाद डबलीका सचिव धनन्वय बुढाले जानकारी दिएका छन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख देवराज देवकोटाले सहभागिले बढीभन्दा बढी महेनत र क्षमताको विकास गर्ने विश्वास व्यक्त गरे । देबकोटाले विगतमा पनि यस्ता धेरै कार्यक्रमहरु हुँदै आएको भएपनि यो कार्यक्रबाट क्षमताको विकास गरेर विशेष उपलब्धि हुनुपर्ने धारणा राखे ।

त्यसैगरी, नगर उप–प्रमुख अम्बिका चलाउनेले पहिले पनि विभिन्न संघसंस्थाहरुसँगको सहकार्यमा गरेको र यसपटक संवाद डबलीसँगको सहकार्यमा भएको तालिमपनि फलदायी हुने विश्वास लिएको बताइन् । २१ औं शताब्दीमा पनि अन्धविश्वास तथा लाजको विषय बनाएर अव्यवस्थित महिनावारीबाट महिलाहरु पीडित हुनु दुःखत विषय भएको धारणा राखिन् । आफुले पनि विगतमा यस्तो समस्या भोगेको स्मरण गर्दै भनिन् ‘यही सामाजिक परिवेशको कारण मानसिक तथा शारीरिक ठूलो प्रताडन भोगेको थिएँ, तर अहिले यसमाथि मलगायत धेरैले विजय प्राप्त गरेका छौं । अब देशबाटै छाउपडी समस्या उन्मुलन गर्नुपर्छ ।’ चलाउनेले विगतका तालिमको उपलब्धिको कारण कयौं महिला यस समस्याबाट मुक्तमात्रै नभएर प्याड ब्यवसायबाट उद्यमशील पनि भइसकेको जानकारी दिइन् ।

संवाद डबलीका सचिव धनन्जय बुढाले संचार माध्यम र सरोकारवाला पक्षको सहकार्यमा सामाजिक समस्याको समाधानको प्रयासले छिटो सफलता प्राप्त गर्ने धारणा राखे । सो तीनदिने तालिमकी प्रमुख प्रशिक्षक मिना विष्टले विगत लामो समयदेखि महिनावारी व्यवस्थापन तथा सामाजिक जनचेतनाको क्षेत्रमा काम गर्दै आएको अनुभवसहित सहभागी प्रशिक्षार्थीहरुलाई उद्यमशील बन्न आह्वान गरिन् । उनले छाउपडी समस्याको हलमात्र खोज्नेभन्दा यसैमाथि टेकेर उद्यमशील बन्न सकिने सम्भावना रहेको जानकारी दिइन्।

कार्यक्रमा ८ नं. वडाध्यक्ष ताराप्रसाद खनाल, नगरका प्रशासकीय अधिकृत लक्ष्मीकान्त बजगाईलगायतको उस्थिति रहेको थियो। समूहले उत्पादन गरेको प्याड वडाका महिलाहरुको साथै आसपासका क्षेत्रमा पनि बजारीकरण गर्नेछन् । जसले छाउपडी प्रथाविरुद्धको अभियानसँगै महिलाहरुलाई उद्यमशील समेत बनाउने छ ।

कमेन्ट गर्नुहोस्