३ दिनसम्म देशभर भारी वर्षा हुने सम्भावना

काठमाडौं, असार २३ । देशभर मनसुन सक्रिय भएकाले सोमबारदेखि ३ दिन अर्थात् बुधबारसम्म मध्यमदेखि भारीसम्म वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालका अनुसार यो तीन दिन बाढीपहिरो पनि जानसक्ने खतरा रहेकाले जोखिम क्षेत्रका बासिन्दाले होसियारी अपनाउनु आवश्यक छ । ‘मनसुन भित्रेयता पहिलोपटक (आइतबारदेखि) देशभर सक्रिय भएको छ, आगामी ३ दिन देशभर वर्षा हुने सम्भावना छ,’ मौसमविद् रिमालले भने, ‘त्यसकारण यस अवधिभर बाढी तथा पहिरो जानसक्ने क्षेत्रका बासिन्दाले सतर्कता अपनाउनु राम्रो हुनेछ ।’

उनका अनुसार लगातार वर्षा नै सुरु त भइसकेको होइन तर अब मनसुन सक्रिय भइसकेकाले बुधबारसम्म मौसम बदली भइरहने देखिन्छ। मौसम पूर्वानुमान महाशाखाले तीन दिनसम्मको मौसम अनुमान गर्ने गर्छ । ‘तीन दिनसम्म लगातार वर्षा त नभनौं, किनभने कतिपय स्थानमा वर्षा २र३ घण्टा रोकिने पनि सम्भावना हुन्छ,’ उनले भने, ‘तर, आगामी ३ दिनसम्म देशभर मौसम बदली हुने र वर्षा भइराख्ने सम्भाना छ ।’

उनका अनुसार आज देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ भने केही स्थानमा भारी वर्षाको पनि सम्भावना छ। ‘देशभर मनसुनी बादल बनेको छ,’ उनले भने, ‘यहीं ठाउँमा भारी वर्षा हुन्छ भनेर भन्न सक्दैनौं, केही ठाउँमा हुन्छ, त्यो जहाँ पनि हुनसक्ने सम्भावना छ।’ यसपटक १० दिन ढिला गरी जुन २० तारिखमा मनसुन नेपाल भित्रिएको हो । त्यसयता पहिलोपटक हिजो आइतबारदेखि मनसुन देशभर सक्रिय बनेको मौसमिवद् रिमालले बताए ।

‘हिजो पनि देशका धेरै ठाउँमा वर्षा भएको छ,’ उनले भने, ‘अब वर्षा हुने क्रम बढ्दै जाने देखिएको छ ।’ भारतमा रहेको न्यून चापीय रेखा (पानी पार्ने प्रणाली) उत्तर (नेपाल)तर्फ सर्दै गएकाले नेपालमा मनसुनी गतिविधि तीव्र बनेको मौसमविद् रिमालको भनाइ छ। ‘उक्त रेखा अहिले नेपाल नजिक मात्र भएको छ,’ उनले भने, ‘त्यो रेखा नेपालै भित्रेपछि झन् लगातार ठूलो वर्षा हुने छ।’

मौसम पूर्वानुमान महाशाखाले जारी गरेको तीन दिनसम्मको मौसमी अनुमान यस्तो छः

असार २३ गते सोमबार

दिउँसोस् देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै भूभागमा वर्षाको सम्भावना छ। देशको एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ।
रातिस् देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै भूभागमा वर्षाको सम्भावना छ। देशको थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

असार २४ गते मंगलबार

दिउँसोस् देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै भूभागमा वर्षाको सम्भावना छ। देशको थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
रातिस् देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै भूभागमा वर्षाको सम्भावना छ। देशको थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

असार २५ गते बुधबार

दिउँसोः देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहने छ। देशका अधिकांश भूभागमा वर्षाको सम्भावना छ। देशको थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।

रातिः देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका अधिकांश भूभागमा वर्षाको सम्भावना छ। देशको थोरै स्थानहमा भारी वर्षाको सम्भावना छ। नेपालखबरबाट

कमेन्ट गर्नुहोस्