श्रीमतीले बञ्चरो प्रहार गरी श्रीमानको हत्या

सर्लाही, असार २३ । सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ कालिन्जोरमा पत्नीले बञ्चरो प्रहार गरी पतिको हत्या गरेकी छिन्।

५४ वर्षीय अम्बरबहादुर परियारलाई उनकी श्रीमती सोनामाया नेपालीले टाउको र ढाडमा बन्चरोले हानेर हत्या गरेकी सर्लाहीका प्रहरी उपरीक्षक गोपाल चन्द्र भट्टराईले जानकारी दिए । मदिरा सेवन गरी झगडा गरेको रिसमा आफूले हत्या गरेको बयान नेपालीले प्रहरीलाई दिएकी छन्।

हत्यामा प्रयोग भएको बन्चरो घटनास्थलबाटे बरामद गरिएको प्रहरीले जनाएको छ । छोराहरु कामका लागि बाहिर बस्ने गरेकाले घरमा पतिपत्नी मात्रै बस्दै आएका थिए ।

कमेन्ट गर्नुहोस्