युवतीमाथि सिरिञ्ज प्रहार गर्ने व्यक्ति शिक्षक रहेको खुलासा

काठमाडौं, असार २३ । दुई जना युवतीमाथि सिरिन्ज हानेको अभियोगमा बनेपाको चारदोबाटोबाट स्थानीयले पक्राउ गरेर प्रहरीलाई बुझाएका व्यक्ति शिक्षक भएको खुलेको छ। बनेपाबाट पक्राउ परेका उनी स्याङ्जाको वालिङ नगरपालिका-१३ का एकजना शिक्षक खगेन्द्र पाठक रहेको खुलेको छ।

उनलाई नजिकबाट चिन्‍ने पत्रकार प्रकाश डुम्रेका अनुसार उनी शान्त स्वभावका व्यक्ति हुन्। उनी वालिङको सरस्वती माध्यमिक विद्यालयका शिक्षक भएको खुलेको छ। शिक्षक पाठकलाई चारदोबाटो चोकबाट गाउँलेले पक्रेर बुझाएपछि प्रहरीले अनुसन्धान थालेको छ । प्रहरी चौकीमा राखिएका उनले आफु कुनै घटनामा ‌संलग्न नभएको बताएका छन्। नेपाल आजबाट साभार

कमेन्ट गर्नुहोस्