रोपेको खेतमा कार दुर्घटना हुँदा ५ जना घाइते

सन्धिखर्क, असार २३ । अर्घाखाँचीमा एक कार दुर्घटना हुँदा त्यसमा सवार पाँचजना घाइते भएका छन् । सन्धिखर्क नगरपालिका वडा नम्बर–१०, बिहार, मुगलिनबजारमा मे१६ ६३८१ नम्बरको अल्टो कार दुर्घटनामा परेको हो ।

कार मालारानी गाउँपालिका वडा नम्बर–४, सितबाट सन्धिखर्कतर्फ आउँदै थियो । दुर्घटनमा परी मालारानीका पाँचजना घाइते भएका हुन् । घाइते हुनेहरुमा कारचालक अशोक खड्का, भीमप्रसाद घिमिरे, बिमला घिमिरे, शोभाखर घिमिरे र विकास भुसाल रहेका छन् ।

घाइतेमध्ये बिमलालाई थप उपचारका लागि भैरहवा ‘रिफर’ गरिएको छ । अरु घाइतेको जिल्ला अस्पाताल सन्धिखर्कमा उपचार भइरहेको छ । कार सडकबाट हुत्तिएर नजिकको खेतमा पुगेको थियो ।

तीव्रगतिका कारण दुर्घटना भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । घाइते चालक खड्का प्रहरीको निगरानीमा उपचाररत् छन् । प्रहरीले दुर्घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ । उक्त क्षेत्रमा बाटो पिच भएकाले गाडीहरु ‘ओभर स्पीड’मा गुड्दा दुर्घटना हुने गरेका छन् ।

कमेन्ट गर्नुहोस्