मोबाइल चार्ज गर्न खोज्दा करेन्ट लागेर मृत्यु

हेटौँडा, असार २४ । मकवानपुरको मनहरी गाउँपालिकामा मोबाइल चार्ज गर्न लागेका बेला करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ ।

सोमबार साँझ मनहरी गाउँपालिका ६ रुपाचुरीका १६ बर्षीय सञ्चलाल चेपाङको करेन्ट लागेर मृत्यु भएको हो । उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

याे पनि पढ्नुस  बिरामीको मृत्युपछि आक्रोशित भिडले आक्रमण गर्दा डाक्टरको मृत्यु, २१ जना नियन्त्रणमा

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट अवरुद्ध भई बिस्फोट समेत भएको स्थानीयले बताएका छन् । तस्विरः इन्टरनेट–सांकेतिक फोटो

कमेन्ट गर्नुहोस्