Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

चलचित्र ‘म यस्तो गीत गाँउछु २’ को मनकामना मन्दिरमा शुभ मुहुर्त

काठमाडौं, असार २४ । बर्ष २०७४ को हिट फिल्म ‘म यस्तो गीत गाँउछु’ को सिक्वेल ‘म यस्तो गीत गाँउछु २’ शुभमुहुर्त गरिएको छ । मंगलबार बिहान मनकामना मन्दिरमा पूजा गरेर चलचित्रको शुभ मुहुर्त गरिएको हो । चलचित्रको शुभ मुहुर्तमा निर्देशक सुदर्शन थापा, अभिनेता पल शाह, अभिनेत्री पूजा शर्मा लगायतको उपस्थिती रहेको थियो ।

चलचित्रको शुभ मुहुर्तको लागि नायक पल र नायिका पूजा शर्मा हेलिकप्टर चढेर मनकामना मन्दिर पुगेका थिए । मनकामना मन्दिरमा भएको शुभ मुहुर्तमा निर्देशक थापाको एक्सन कटमा पल र पूजाले शट दिएका थिए । सुदर्शन थापा प्रोडक्शनको ब्यानरमा निर्माण हुने चलचित्रको छायांकन भदौ महिनाबाट शुरु हुने निर्देशक थापाले जानकारी दिए ।

चलचित्रमा ‘म यस्तो गीत गाँउछु’ मा अत्याधिक रुचाईएको पल र पूजाको जोडी रहने छन् । अन्य कलाकार बारे भने अहिले केही खुलाईएको छैन । चलचित्रमा अर्जुन पोख्रेलको संगीत रहने छ । यसअघि ‘म यस्तो गीत गाँउछु’ मा पनि उनकी संगीत रहेको छ ।

‘म यस्तो गीत गाँउछु’ लाई दर्शकहरुले मन पराएको भन्दै निर्देर्शक थापाले ‘म यस्तो गीत गाँउछु २’ लाई अझ राम्रो बनाउने प्रयास गरिने बताए । चलचित्र फागुन २३ गते प्रदर्शन हुनेछ । निर्देशक थापा अहिले चलचित्र ‘सम्हालिन्छ कहिले मन’को काममा व्यस्त छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: