विश्वकप सेमिफाइनलः न्यूजिल्याण्डको खराब शुरुवात, बुमराहले लिए विकेट

काठमाडौंः इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको भारत विरुद्धको सेमिफाइनल खेलमा न्यूजिल्याण्डले खराब सुरुवात गरेको छ । उसले ३.३ ओभरमै पहिलो विकेट गुमाएको छ । न्यूजिल्याण्डले पहिलो विकेटकारुपमा पार्टिन गुप्टिललाई १ रनमा गुमाएको हो । उनलाई जसप्रित बुमराहले विराट कोहलीको हातबाट क्याच आउट गराए । न्यूजिल्याण्डले यो समाचार तयार पार्दासम्म न्यूजिल्याण्डले ७ ओभरमा एक विकेट गुमाएर १० रन बनाएको छ ।

याे पनि पढ्नुस  महिला क्रिकेट : नेपाल र युएई खेल्दै

न्यूजिल्याण्डले टस जितेर ब्याटिङ रोजेको छ ।  हालसम्म भारत–न्यूजिल्याण्डबीच १०६ खेल भएका छन् । जसमा ५५ खेलमा भारत र ४५ खेलमा न्यूजिल्याण्ड विजयी भएको छ । पाँच खेलको भने नतिजा आएन । यी दुई टिमबीच २००३ को विश्वकपपछि पहिलो पटक भिड्दै छन् । जारी विश्वकपमा भारतले ९ खेलमा जीत हासिल गरेको छ । उसले एक खेलमा हार बेहोर्दा एक खेल वर्षाकाकारण अंक बाँडेको थियो ।

याे पनि पढ्नुस  विश्वकप फाइनलः न्यूजिल्याण्डलाई पाँचौ झड्का, नीशम १९ रनमा आउट

यता न्यूजिल्याण्डले ९ खेलमा ५ खेलमा विजयी हात पारेको छ । तीन खेलमा भने उसले पराजय भोग्यो । न्यूजिल्याण्डले भारतविरुद्धको खेलमा पानी पर्दा अंक बाँडेको थियो । यस्तो हुनसक्छ पहिलो सेमिफाइनलमा भारत र न्यूजिल्याण्डको प्लेइङ– ११

भारतको प्लेइङ–११ः रोहित शर्मा, लोकेश राहुल, विराट कोहली (कप्तान), ऋषभ पन्त, दिनेश कार्तिक, हार्दिक पाण्ड्या, महेन्द्रसिंह धोनी, रविद्र जडेजा, युजवेन्द्र चहल र जसप्रित बुमराह ।

याे पनि पढ्नुस  मास्टर ब्लास्टर सचिन तेन्दुलकरका छोरा अर्जुन राष्ट्रिय टीममा पर्न सफल

न्यूजिल्याण्डको प्लेइङ–११ः मार्टिन गुप्टिल, केनरी निकोलश, केन विलियम्सन (कप्तान), रस टेलर, कोलिन डी ग्राण्डहोम, टम लाथम, लकी फर्गुसन, जेम्स नीशम, ट्रेन्ट बोल्ट, मिशेल सान्टनर र ईश सोधी।

कमेन्ट गर्नुहोस्