विश्वकप सेमिफाइनलः भारतविरुद्ध विलियम्सनको अर्धशतक पूरा

काठमाडौं, असार २४ । इंग्ल्याण्ड र वेल्समा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको भारत विरुद्धको समिफाइनल खेलमा न्यूजिल्याण्डका कप्तान केन विलियम्सनले अर्धशतक पूरा गरेका छन् । उनले ४ चौका ७९ बलको मद्दतमा अर्धशतक पूरा गरेका हुन् । जारी विश्वकपमा विलियम्सनको यो दोस्रो अर्धशतक हो । साथै उनले यो विश्वकपमा २ शतकसमेत बनाइसकेका छन् ।

टस जितेर ब्याटिङ गरेको न्यूजिल्याण्डले खराब सुरुवात गर्यो । उसले ३.३ ओभरमौ ओपनर मार्टिन गुप्टिल (१) रनमा गुमायो । यस्तै न्यूजिल्याण्डले दोस्रो विकेटका रुपमा केनरी निकोलस (२८) लाई रनमा गुमाउन पुग्यो । गुप्टिललाई जसप्रित बुमराह र निकोलशलाई रविन्द्र जडेजाले आउट गरे । यो समाचार तयार पार्दासम्म न्यूजिल्याण्डले ३३ ओभरमा २ विकेट गुमाएर १२२ रन बनाएको छ ।

याे पनि पढ्नुस  विश्वकप सेमिफाइनलः अब न्यूजिल्याण्डले ब्याटिङ नगरे भारतले कति रनको लक्ष्य पाउला?

हालसम्म भारत–न्यूजिल्याण्डबीच १०६ खेल भएका छन् । जसमा ५५ खेलमा भारत र ४५ खेलमा न्यूजिल्याण्ड विजयी भएको छ । पाँच खेलको भने नतिजा आएन । यी दुई टिमबीच २००३ को विश्वकपपछि पहिलो पटक भिड्दै छन् । जारी विश्वकपमा भारतले ९ खेलमा जीत हासिल गरेको छ । उसले एक खेलमा हार बेहोर्दा एक खेल वर्षाकाकारण अंक बाँडेको थियो ।

याे पनि पढ्नुस  न्यूजिल्याण्डले टस जित्यो, यस्तो छ दुवै टिमको प्लेइङ–११

यता न्यूजिल्याण्डले ९ खेलमा ५ खेलमा विजयी हात पारेको छ । तीन खेलमा भने उसले पराजय भोग्यो । न्यूजिल्याण्डले भारतविरुद्धको खेलमा पानी पर्दा अंक बाँडेको थियो । यस्तो हुनसक्छ पहिलो सेमिफाइनलमा भारत र न्यूजिल्याण्डको प्लेइङ– ११

भारतको प्लेइङ–११ः रोहित शर्मा, लोकेश राहुल, विराट कोहली (कप्तान), ऋषभ पन्त, दिनेश कार्तिक, हार्दिक पाण्ड्या, महेन्द्रसिंह धोनी, रविद्र जडेजा, युजवेन्द्र चहल र जसप्रित बुमराह ।

याे पनि पढ्नुस  न्यूजिल्याण्डलाई दोस्रो झड्का, कप्तान विलियम्सन ३० रनमा आउट

न्यूजिल्याण्डको प्लेइङ–११ः मार्टिन गुप्टिल, केनरी निकोलश, केन विलियम्सन (कप्तान), रस टेलर, कोलिन डी ग्राण्डहोम, टम लाथम, लकी फर्गुसन, जेम्स नीशम, ट्रेन्ट बोल्ट, मिशेल सान्टनर र ईश सोधी।

कमेन्ट गर्नुहोस्