धरौटीमा रिहा भइन् ‘धर्तीमाता’

काठमाडौं, असार २४ । काठमाडौंको भद्रकाली मन्दिर परिसरमा युवतीलाई यातना दिने ‘धर्तीमाता’ भनिने विष्णु कँुवर रिहा भएकी छिन् । उनी यही असार १३ गते बालाजु क्षेत्रबाट पक्राउ परेकि थिइन् ।

महानगरीय कुँवरमाथि अभ्रद्र व्यवहार र मानहानीको दुईवटा मुद्दा चलाइएको प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । कुँवर ३० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएकी हुन् । कुँवरले कैयौं मानिसको भीडको बीचमै एक युवतीलाई भोक्सी लागेको भन्दै यातना दिएकी भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो।

कमेन्ट गर्नुहोस्