भरतपुरलाई अर्को सफलताः भरतपुरमा पनि अब ‘इन्जिनियरिङ क्याम्पस’

चितवन, असार २४ । जिल्लामा नै पहिलो पटक ‘चितवन इन्जिनियरिङ क्याम्पस भरतपुर’ सञ्चालनमा आउने भएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको इन्जिनियरिङ अध्ययन संस्थानको आङ्गिक क्याम्पस भरतपुर महानगरपालिका–१५ रामपुरमा महानगर र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा सञ्चालन हुने पक्का भएको हो । टियू अन्र्तगत रहेको इन्जिनियरिङ अध्ययन संस्थानले चालु आर्थिक बर्ष २०७६÷७७ का लागि प्रवेश परीक्षा आह्वान गरेसगैँ चितवनमा नै इन्जिनियरिङ क्याम्पस सञ्चालन हुने निश्चित भएको हो ।

अब शैक्षिक हबका रुपमा विकसित चितवनवासीले इन्जिनियरिङको बढाई भरतपुरमा नै गर्न पाउने भएका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयले उपलब्ध गराएको ४० विद्या जग्गामा विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त १ करोड रुपैयाँ खर्च गरि क्याम्पस सञ्चालनको तयारी भइरहेको भरतपुर महानगरका सचिवालय प्रमुख गोपाल न्यौपानेले जानकारी दिए । साथै मेयर रेनु दाहालको पहलमा छिट्टै क्याम्पसको अन्य पूर्वाधार निर्माणका लागि अर्थ मन्त्रालयमा समन्वय भइरहेकोसमेत उनले बताए ।

याे पनि पढ्नुस  चितवनमा प्रचण्डको उम्मेदवारीले ल्यायो नयाँ तरङ्ग, कांग्रेस–एमालेका नेताहरु समेत उत्साहित

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर र त्रिभुवन विश्वविद्यालयबीच सम्पत्ती हस्तान्तरण प्रक्रियामा नै रामपुरमा कृषिले टियुलाई र टियुले कृषिलाई हेटौंडामा जग्गा दिने सहमति यसअघि भए अनुसार रामपुरमा नै जग्गा उपलब्ध गराएपछि इन्जिनियरिङ क्याम्पस बन्ने सुनिश्चत भएको भरतपुर महानगरपालिकाकी मेयर दाहालले जानकारी दिइन् । ‘शिक्षामा नगरवासीसगैँ चितवनवासीलाई के गरौँ भन्ने म मेयर भएदेखि पहल थालेको थिए मेयर दाहालले भनिन्, अब इन्जिनियरीङ क्यापम्स दक्षिण एशियाकै नमूना बनाउने छौँ ।’

याे पनि पढ्नुस  गाऊँका आमाहरू भेट्दा भावुक भए प्रचण्ड, फोटोफिचर

उनले क्याम्पस ल्याउन सहयोग गर्ने टियुका भिसि प्रा. डा. तिर्थ खनियासहित सबै पदाधिकारीलाई धन्यबादसमेत दिएकी छिन् । टियुले चितवनमा यस बर्ष विई कम्प्युटर तर्फ र विई सिभिल तर्फ ४०÷४० सिट गरि ८० जनाको सिटका लागि भर्नासेमत खुलाएको छ । चितवन इन्जिनियरिङ क्याम्पसमा क्रमिक रुपमा इन्जिनियरिङ विद्याका १६ वटा कार्यक्रम र शिक्षक र विद्यार्थीलाई आवासीय रुपमा नै राखेर पढाउने भावी योजनासमेत रेहेको उनले बताइन् । साउनदेखि कक्षा सुरु गर्न हाल रामपुरको कर्बड हललाई प्रशासकीय भवन बनाएर काम अगाडी समेत बढि सकेको क्याम्पसले जनाएको छ ।

कमेन्ट गर्नुहोस्